कतारले उपहारस्वरूप दिएको विमानलाई ‘एयर फोर्स वन’ रूपमा प्रयोग गर्ने तयारीमा जुट्यो अमेरिका


प्रकाशित मिति : श्रावण १३, २०८२ मंगलबार

सांकेतिक तस्वीर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि ‘एयर फोर्स वन’ को रूपमा प्रयोग हुने अनुमान गरिएको कतारी जम्बो जेटको पुनःनिर्माण प्रक्रिया सुरु भएको छ। सीबीएस र बीबीसीका अनुसार, यस विमानलाई कतारले ‘निःशर्त उपहार’ को रूपमा अमेरिकी सरकारलाई हस्तान्तरण गर्न लागेको हो।

४०० मिलियन अमेरिकी डलर बराबरको बोइङ विमानको सम्पूर्ण पुनःनिर्माण खर्च अमेरिकी सरकारले बेहोर्नेछ। यस सम्झौताले अमेरिकी राजनीतिक वृत्तमा ठूलो बहस उत्पन्न गरेको थियो । आलोचकहरूले यसलाई विदेशी राष्ट्रबाट दिइएको ‘घूस’ भन्दै ट्रम्प र प्रशासनमाथि प्रहार गरेका छन् भने कतिपय ट्रम्प समर्थकहरू समेत यसबारे सशंकित छन्।

हालको अमेरिकी कानुन अनुसार, कुनै पनि निर्वाचित अधिकारीले ४८० डलर भन्दा माथिको उपहार कंग्रेसको स्वीकृति बिना स्वीकार गर्न मिल्दैन। डेमोक्र्याट सिनेटर एडम शिफले यो दान अमेरिकी संविधानको उल्लंघन भएको दाबी गर्दै यसबारे गम्भीर प्रश्न उठाएका छन्।

यता ह्वाइट हाउसले भने दान कानुनी भएको दाबी गर्दै आवश्यक सबै प्रक्रिया पालना गरिने बताएको छ। प्रेस सचिव क्यारोलिन लेभिटले भनेकी छन्, “सरकारलाई दिइने सबै दान पूर्ण रूपमा कानुनको दायराभित्र हुन्छन्।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले आफूपछि यो विमान आफ्नो राष्ट्रपति पुस्तकालयलाई दिने घोषणा गरेका छन्। तर, रक्षा विशेषज्ञहरूका अनुसार विमानको पुनःनिर्माण अत्यन्त खर्चिलो हुनेछ। सुरक्षा प्रणाली, उडानमै इन्धन भर्ने प्रविधि र आणविक हमलाबाट सुरक्षा गर्ने प्रविधिहरू जोड्ने कार्यको लागत सयौं मिलियन डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

एक रक्षा अधिकारीका अनुसार, यसका लागि सेंटिनल मिसाइल परियोजनाबाट कोष सारिने सम्भावना छ।

द डेली वायरका रूढिवादी टिप्पणीकार बेन शापिरोले यस कदमलाई ‘सकीनाजस्तो’ भन्दै आलोचना गरे। अर्की दक्षिणपन्थी प्रभावशाली सामाजिक सञ्जालकर्मी लौरा लूमरले यसलाई ट्रम्प प्रशासनको छविमा ‘कलंक’ हुने बताइन्।

हाल अमेरिकी राष्ट्रपति पदका लागि प्रयोगमा रहेका दुईवटा ७४७-२०० विमान सन् १९९० देखि सञ्चालनमा छन्। ट्रम्पले फेब्रुअरीमा बोइङ कम्पनीप्रति असन्तुष्टि जनाउँदै नयाँ विमान लिने विकल्प खोज्ने संकेत दिएका थिए।

कतारको यो उपहारले ट्रम्पका लागि नयाँ हवाईजहाज त दिलाउनेछ, तर त्यसले अमेरिकी राजनीतिक र कानुनी मञ्चमा धेरै बहस जन्माइसकेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com