न्यूयोर्क गोलीकाण्ड अपडेट : गोली लागेका ५ मध्ये प्रहरी अधिकृतसहित ४ को मृत्यु भएको पुष्टि


प्रकाशित मिति : श्रावण १२, २०८२ सोमबार

By 345 Park Avenue – https://x.com/BNODesk/status/1949972693618438500/photo/1, Public Domain, https://commons.wikimedia.org/w/index.php?curid=170893643

अमेरिकाको न्युयोर्कमा भएको गोलीकाण्डमा गोली लागेका ५ मध्ये प्रहरी अधिकृतसहित ४ को मृत्यु भएको पुष्टि भएको छ । बन्दुकधारीले आत्महत्या गरेका छन । न्युयोर्क सिटीका मेयर एरिक एडम्सले पत्रकार सम्मेलनमार्फत मिडटाउन म्यानह्याटनमा भएको गोलीकाण्डको पुष्टि गरेका छन ।

उनले ५ जनालाई गोली लागेको बताएका छन । गोली लागेका ५ मध्ये ४ जनाको मृत्यु भइसकेको उनले पुष्टि गरे । मारिनेमा एकजना प्रहरी अधिकृत रहेको र उनकी श्रीमती गर्भवती रहेको पत्रकार सम्मेलनमा बलाइएको हो ।

गोलीकाण्डमा मारिएका प्रहरी अधिकारी बंगलादेशबाट आएका आप्रवासी रहेका मेयर एडम्सले बताए । उनका अनुसार ती प्रहरी अधिकारी विगत ३ वर्षभन्दा बढी समयदेखि प्रहरी सेवामा कार्यरत थिए ।

न्युयोर्क शहरको मिडटाउन म्यानह्याटनको पार्क एभेन्यूमा सोमबार साँझ एकजना बन्दुकधारीले कम्तीमा चार जनामाथि गोली चलाएर हत्या गरेका हुन । मृतक मध्ये एक जना न्युयोर्क प्रहरी विभागका अधिकृतसमेत रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन्दिग्ध आक्रमणकारीले पछि आफूलाई गोली हानेर आत्महत्या गरेका छन । गोलीकाण्ड ३४५ पार्क एभेन्यू स्थित ६३४ फिट अग्लो भवनमा भएको हो । नेशनल फुटबल लिग, ब्ल्याकस्टोन, र जेपी मोर्गन चेस जस्ता ठूला कर्पोरेट अफिसहरू उक्त भवनमा रहेका छन् ।

आक्रमणकारी लस भेगासका २७ वर्षीय शेन डेभोन तामुरा रहेको प्रहरीले बताएको छ । प्रहरीले बताए अनुसार आक्रमणकारीको मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको थियो । गोलीकाण्डको उद्देश्यबारे भने अनुसन्धान जारी रहेको छ ।

प्रहरी कमिश्नर जेसिका टिशका अनुसार गोलीकाण्डमा संलग्न आक्रमणकारीको मानसिक स्वास्थ्यसम्बन्धी विगतमा समस्या रहेको लस भेगासका अधिकारीहरूले पुष्टि गरेका छन्।

आक्रमणकारीले साँझ ६:४० बजे भवनको लबीमा प्रहरी अधिकृतसँग गोली हानेर दोहोरो फायरिङ सुरु गरेका थिए । त्यसपछि ३३ औँ तल्लामा गइ उनले आत्महत्या गरे ।

उनको शव सिँढीको भित्री भागमा बन्दुकसहित फेला परेको थियो। एक भिडियोमा लामो राइफल बोकेका आक्रमणकारी भवनभित्र छिर्दै गरेको देखिन्छ । साँझ ७ बजेतिर केही मानिसहरू भवनबाट बाहिर निस्कँदै गर्दा हात उठाएर जाँदै गरेको दृश्य पनि भिडियोमा देखिएको छ।

मेयर एरिक एडम्स ले नागरिकहरूलाई पार्क एभेन्यू र ईस्ट ५१ औं स्ट्रीट आसपास नजान चेतावनी दिएका छन । गभर्नर केथी होचुल र संघीय न्यायाधिवक्ता पाम बोन्डी ले पनि घटनाबारे जानकारी दिँदै एफबीआई र अन्य निकायहरूले सहयोग गरिरहेको बताएका छन ।

गन भायोलेन्स आर्काइभका अनुसार यो घटना अमेरिका भित्र यस वर्षकै २५४ औं सामूहिक गोलीकाण्ड हो । उनीहरूका अनुसार एउटा घटनालाई “सामूहिक गोलीकाण्ड” भन्नका लागि कम्तीमा चार जनामाथि गोली हानिएको वा मारिएको हुनुपर्छ ।

यो घटना न्युयोर्क शहर र अमेरिकाभरि नै आमनागरिकको सुरक्षा, हतियार नियन्त्रण, र आपराधिक हिंसाको विषयमा गम्भीर प्रश्न खडा गर्ने घटना बनेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com