नासा ‘कट’ ! ट्रम्पको योजना अनुसार ४ हजार कर्मचारीले दिए राजीनामा, वैज्ञानिक आक्रोशित


प्रकाशित मिति : श्रावण ११, २०८२ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनद्वारा अघि सारिएको ‘स्थगित राजीनामा कार्यक्रम’ अन्तर्गत करिब ४,००० जना नासाका कर्मचारीहरूले अन्तरिक्ष अनुसन्धान संस्था नासा छाडेका छन्। यो कटौतीले नासाको कुल कर्मचारी संख्या १८,००० बाट घटाएर १४,००० मा ल्याएको छ ।

नासाका प्रवक्ता शेरिल वार्नरले शनिबार एनपीआरसँगको कुराकानीमा दोस्रो चरणको आवेदन शुक्रवार मध्यरातमा बन्द भएको र जसमा ३,००० जना कर्मचारीले राजीनामा दिएको जनाएकी थिइन् । यसअघि पहिलो चरणमा ८७० जना कर्मचारीले आवेदन दिएका थिए। यस्तै, स्वाभाविक सेवा अवकाश तथा अन्य कारणले ५०० जना कर्मचारीले संस्था छोडेका छन्।

यो निर्णय ट्रम्प प्रशासनको संघीय कर्मचारी संख्या घटाउने र सरकारी दक्षता विभागद्वारा सिफारिस गरिएका सुधारहरू लागू गर्ने योजनाअनुरूप गरिएको हो। नासाको बजेट पनि आगामी वर्षबाट घटाउने प्रस्ताव गरिएको छ। सन् २०२६ का लागि प्रस्ताव गरिएको बजेट अनुसार नासाको बजेटलाई २५ अर्ब डलरबाट घटाएर १९ अर्ब डलर बनाउने तयारी छ, जुन झन्डै २४ प्रतिशतको कटौती हो।

तर, अमेरिकी संसदका दुवै सदन (हाउस र सिनेट) हालकै बजेट कायम राख्ने पक्षमा रहेका छन्। साथै, ट्रम्पले यसै महिनामा हस्ताक्षर गरेको ूवन बिग ब्यूटिफुल बिल एक्टू मार्फत सन् २०३२ सम्मका लागि नासालाई झन्डै १० अर्ब डलर अतिरिक्त बजेट प्रदान गरिएको छ, जसमा मंगल ग्रह अभियान र चन्द्रमा यात्रा योजना समावेश छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच, बजेट कटौती र नासामा भइरहेको तीव्र परिवर्तनप्रति वैज्ञानिक समुदायबाट आलोचना भइरहेको छ। अन्तरिक्ष विज्ञान प्रवर्द्धनमा क्रियाशील संस्था ‘द प्लानेटरी सोसाइटी’, जसको नेतृत्व प्रसिद्ध वैज्ञानिक बिल नाइले गर्दै आएका छन्, उसले नासाको बजेट कटौतीको विरोध गर्दै भनेको छ, “यो प्रस्तावले अमेरिकी नेतृत्वद्वारा विश्वभरि सहकार्य र एकता निर्माण गर्ने अवसरलाई खतरामा पार्छ।”

साथै, सोमबार ३०० भन्दा बढी वर्तमान तथा पूर्व नासा कर्मचारीहरूले कार्यवाहक प्रशासक सीन डफीलाई ‘भ्वायेजर घोषणापत्र’ पठाएर नासामा भइरहेको “द्रुत र अनावश्यक परिवर्तन” प्रति आपत्ति जनाएका छन् । साथै, प्रस्तावित कटौतीहरू लागू नगर्न आग्रह गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com