अमेरिकामा एमआरआई मेसिनले लियो ज्यान


प्रकाशित मिति : श्रावण ४, २०८२ आईतबार

अमेरिकाको न्यूयोर्कस्थित वेस्टबरी सहरमा एमआरआई मेसिनमा तानिँदा एकजनाको ज्यान गएको छ । उनी एमआरआई मेसिनमा तानिएपछि गम्भीर घाइते भएका थिए । पछि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

नासाउ काउन्टी प्रहरी विभागका अनुसार पीडित ६१ वर्षीय पुरुष एमआरआई मेसिनमा स्क्यान भइरहेको बेला गल्तीले त्यस्तो कोठामा प्रवेश गरेका थिए । तर उक्त कोठामा जान अनुमति भने थिएन।

प्रहरीले जनाएअनुसार ती व्यक्ति गह्रौं फलामको सिक्री लगाएको अवस्थामा एमआरआई कोठामा प्रवेश गरेका थिए ।

अनुमति नै नभएको कोठामा प्रवेश गरेका उनलाई मेसिनको शक्तिशाली चुम्बकीय बलले तानेको प्रहरीले बताएको छ । यस घटनाका कारण उनलाई गम्भीर चिकित्सकीय असर परेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनापछि तत्कालै उनलाई स्थानीय अस्पताल पुर्याइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

एमआरआई भनेको चुम्बकीय शक्ति प्रयोग गरेर कम्प्युटरको सहायताले शरीरभित्रको अवस्थालाई जस्ताको त्यस्तै तस्वीरमा खिचेर देखाउने मेडिकल उपकरण हो । एमआरआईको पूरा रुप म्याग्नेटिक रेजोनेन्स इमेजिङ हो ।

शरीरको टाउकोदेखि पैतालासम्मको भागको समस्याको पहिचान गर्न र उपचारमा निगरानी गर्न एमआरआईको प्रयोग हुन्छ ।

शरीरभित्र धातु जडान गरिएको छ भने एमआरआई गर्न मिल्दैन । स्क्यान गर्ने क्रममा आउने आवाजले भित्र हुँदा एक किसिमको डर नै पैदा हुनसक्ने चिकित्सकहरुले बताएका छन ।

गुफामा छिरेको जस्तो भएर कतिपयलाई आत्तिने र निस्सासिएको जस्तो अनुभव हुनसक्छ । एमआरआईले शरीरको भित्री संरचना मस्तिष्क, मेरुदण्ड, जोर्नी, अंगहरूको विस्तृत चित्र लिन मद्दत गर्छ ।

गर्भवस्थामा एमआरआई गर्नुपर्ने अवस्था छ भने विशेष सावधानी अपनाएर मात्र गर्नुपर्ने हुन्छ । यो प्रक्रियामा समस्या अनुसारको समय लाग्न सक्छ । न्यूनतम १५ मिनेटदेखि अधिकतम ५० मिनेटसम्मको लामो समय प्रक्रियामा लाग्न सक्छ ।

आजभोलि सानो समस्या हुँदा पनि हचुवाको भरमा एमआरआई गराउनेहरु पनि बढिरहेका छन । सबै समस्यामा एमआरआई मात्र सुरक्षित विकल्प नहुन सक्छ । कतिपय केसमा एमआरआई भन्दा सिटी स्क्यान प्रभावकारी हुनसक्ने चिकित्सकहरुले सुझाव दिएका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com