४ वर्षपछि हुवावे फेरि चीनको मोबाइल बजारको शिखरमा, एप्पलका ब्रान्डहरूको कारोबार किन घट्यो ?


प्रकाशित मिति : असार ३२, २०८२ बुधबार

चिनियाँ प्रविधि कम्पनी हुवावे ४ वर्षको अन्तरालपछि पुनः चीनको मोबाइल बजारमा अग्रस्थानमा पुगेको छ। कम्पनीले आफ्ना प्रतिस्पर्धीहरू (अमेरिकी कम्पनी एप्पल र अन्य चिनियाँ ब्रान्डहरू)लाई पछि पार्दै सबैभन्दा धेरै मोबाइल बिक्री गरेको हो।

एक नयाँ रिपोर्टअनुसार, २०२५ को दोस्रो त्रैमासिकमा हुवावेले १ करोड २५ लाख मोबाइल बिक्री गर्दै १८ दशमलव १ प्रतिशत बजार हिस्सा ओगटेको छ। विशेषतः विगतमा अमेरिकी प्रतिबन्ध र विभिन्न छानबिनहरूको सामना गरेको अवस्थालाई हेर्दा यो कम्पनीका लागि ठूलो उपलब्धि मानिएको छ ।

तर, चीनको समग्र मोबाइल बजार भने खुम्चिएको देखिएको छ। सोही अवधिमा मोबाइल बिक्री ४ प्रतिशतले घटेर ६ करोड ९० लाखमा झरेको छ।

अनुसन्धानकर्ता आर्थर गुओ भन्छन्, “चीन–अमेरिका व्यापार सहमति त छ, तर आर्थिक अवस्था अझै कमजोर छ।” उनले थपे, “मानिसहरूले खर्च गर्न हिचकिचाउने अवस्था कायमै छ, त्यसैले मोबाइल माग चाँडै बढ्ने सम्भावना कम छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हुवावे र अमेरिकाबीचको विवाद अझै जारी छ। अमेरिकाले कम्पनीमाथि जासुसीको आरोप लगाउँदै २०१९ देखि विभिन्न प्रतिबन्ध लगाएको थियो, जसलाई हुवावेले अस्वीकार गर्दै आएको छ। त्यसयता हुवावेले अमेरिकी प्रविधीको विकल्पस्वरूप आफ्नै प्रविधि तथा उपकरणहरूको विकासमा ध्यान केन्द्रित गर्दै आएको छ।

यसबीच, एप्पलको प्रदर्शनमा भने गिरावट आएको छ। रिपोर्टअनुसार, एप्पलले दोस्रो त्रैमासिकमा ९६ लाख मोबाइल बिक्री गर्दै केवल १३ दशमलव ९ प्रतिशत बजार हिस्सा मात्रै ओगट्न सक्यो। परिणामस्वरूप, एप्पल अहिले चीनको मोबाइल बजारमा पाँचौँ स्थानमा झरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com