राष्ट्रपति ट्रम्पद्वारा प्रमुख न्यायाधीवक्ता बन्डीको बचाउ


प्रकाशित मिति : असार २९, २०८२ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमुख न्यायाधीवक्ता पाम बन्डीको बचाउ गरेका छन । एपस्टीन प्रकरणमा प्रमुख न्यायाधीवक्ता बन्डीले आलोचनाको सामना गरिरहेकी छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै आलोचकहरूको चर्को प्रतिक्रिया प्रति आक्रोश व्यक्त गरेका छन ।

अटर्नी जनरल पाम बन्डीमाथि यौन अपराधी जेफ्री एपस्टीन र उनका ूक्लाइन्ट लिस्टू को विषयमा पर्याप्त जानकारी नदिएको आरोप लगाइएको छ ।

गत सोमबार बन्डीको न्याय मन्त्रालय र एफबीआईद्वारा सार्वजनिक गरिएको संयुक्त ज्ञापनले धेरैले अपेक्षा गरेकोजस्तो खुलासा नगरेपछि आलोचना शुरु भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

३०० गिगाबाइटभन्दा बढी डेटा अध्ययन गरेपछि “कुनै आपराधिक क्लाइन्ट लिस्ट” भेटिएन र प्रभावशाली व्यक्तिहरूलाई ब्ल्याकमेल गरिएको प्रमाण पनि फेला नपरेको विवरणमा उल्लेख गरिएको छ ।

तर ट्रम्प समर्थकहरूमै पनि असन्तुष्टि बढ्दै गएको देखिन्छ । उनका नजिकका सहयोगी तथा दक्षिणपन्थी टिप्पणीकार लौरा लूमर र सबैभन्दा ठूलो दाताका रूपमा चिनिएका एलन मस्कले समेत पाम बन्डीको आलोचना गरेका छन्।

जेफ्री एपस्टीनको २०१९ मा न्यूयोर्कको जेलमा भएको आत्महत्यालाई लिएर विभिन्न धारणाहरु फैलिएका थिए । एफबीआई र न्याय मन्त्रालयको नयाँ विवरणले आत्महत्या पुष्टि गरे पनि ट्रम्पको वरपरका धेरै व्यक्तिहरू यसबारे अझै सन्देहमा छन्।

राष्ट्रपति ट्रम्पले पत्रकारको एपस्टीनसम्बन्धी प्रश्नमा प्रतिक्रिया दिँदै भनेका थिएस् “अहिले पनि त्यो एपस्टीनको कुरा गरिराखेको ? ”

पछिल्लो महिना एलन मस्कले ट्रम्पको नाम एपस्टीनसँग जोडिएको फाइलमा रहेको दाबी गरेका थिए । जुन पछि उनले हटाए र व्हाइट हाउसले पनि त्यसलाई खारेज गर्यो।

एपस्टीन प्रकरण पुनः चर्किएसँगै, ट्रम्प प्रशासनभित्रको मतभेद उजागर भइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com