इरानी राष्ट्रपतिले भने – ‘अमेरिकासँग संवाद सम्भव, तर इजरायली आक्रमणले विश्वासको संकट’


प्रकाशित मिति : असार २३, २०८२ सोमबार

इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिकासँग संवादमार्फत द्वन्द्व समाधान गर्न सकिने विश्वास व्यक्त गरेका छन्। तर उनले हालै अमेरिकी सहयोगमा इजरायलले इरानमाथि गरेको आक्रमणले आपसी विश्वासमा गहिरो क्षति पुगेको बताएका छन्। सोमबार सार्वजनिक भएको एक अन्तर्वार्तामा उनले उक्त धारणा राखेका हुन्।

शनिबार अमेरिकी दक्षिणपन्थी सञ्चारकर्मी टकर कार्लसनलाई दिएको विशेष अन्तर्वार्तामा पेजेश्कियानले भने, “म पूर्ण विश्वासका साथ भन्छु, हामी अमेरिकासँगको द्वन्द्व र मतभेदहरू संवादमार्फत सजिलै समाधान गर्न सक्छौं। तर इजरायली आक्रमणले वार्तामै प्रश्न उठाएको छ।”

इरानी राष्ट्रपति पेजेश्कियानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिँदै भने, “इजरायली प्रधानमन्त्री नेतन्याहूको प्रभावमा परेर इरानसँग युद्धमा नफसुन्। अमेरिका शान्तिको बाटो रोज्न सक्छ, अथवा दलदलमा फस्न सक्छ – यो ट्रम्पकै रोजाइमा निर्भर छ।”

उनका अनुसार इरान र अमेरिका बीच वार्ता अघि बढिरहेको बेला जुन १३ मा इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि सबै प्रक्रिया ढल्यो। १२ दिनसम्म चलेको हवाई युद्धमा इरानका उच्च सैन्य कमाण्डरहरू र आणविक वैज्ञानिकहरू मारिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“हामी कसरी विश्वास गर्ने कि वार्ताको बीचमै फेरि इजरायललाई आक्रमण गर्न छुट दिइने छैन ?” पेजेश्कियानले प्रश्न गरे। उनले इजरायलमाथि वार्ता भत्काउने मुख्य दोष पनि लगाए।

राष्ट्रपति पेजेश्कियानले इजरायलले आफुलाई पनि निशाना बनाएर हत्या प्रयास गरेको सनसनीपूर्ण दाबी पनि गरे । “हो, उनीहरूले प्रयास त गरे। योजनाबद्ध रूपमा काम गरियो तर उनीहरू असफल भए,” उनले भने।

इरानले सधैंजसो आफूले आणविक हतियार निर्माण गर्ने चाहना नराखेको बताउँदै आएको छ। राष्ट्रपति पेजेश्कियानले पुनः यस कुरा दोहोर्याउँदै भने, “हामी आणविक हतियार बनाउने प्रयासमा छैनौं, तर हाम्रो सुरक्षा सुनिश्चित गर्न वार्ता निष्पक्ष र आक्रमणरहित हुनुपर्छ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com