दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन पुनः पक्राउ पर्न सक्ने


प्रकाशित मिति : असार २२, २०८२ आईतबार

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योल पुनः पक्राउ पर्न सक्ने संभावना बढेको छ ।

पूर्व राष्ट्रपति युन सुक योललाई दुई पटकसम्म सोधपुछ गरेपछि पुनः सोधपुछका लागि भन्दै पक्राउ पुर्जी जारी गर्न अभियोजनकर्ताले अनुरोध गरेका छन् ।

गत बर्षको डिसेम्बर ३ मा संसद्मा सशस्त्र सैनिक तैनाथ गरि नागरिक शासनलाई उल्ट्याउने प्रयास गरेको भन्दै सांसदहरूले महाभियोग र निलम्बन गरेपछि युनलाई अप्रिलमा औपचारिक रूपमा पदबाट हटाइएको थियो ।

उनी राज्य विद्रोहको अभियोगमा अदालतमा उपस्थित भएका थिए । सैनिक कानुन ९मार्शल लअ ० घोषणाको अनुसन्धान गरिरहेका एक विशेष वकिलले उनलाई सोधपुछ गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टमा पूर्व राष्ट्रपति युन सुक योललाई शक्तिको दुरुपयोग र विशेष सरकारी कर्तव्यमा बाधा पु¥याएको अभियोगमा पक्राउ पुर्जी जारी गर्न अनुरोध गरिएको हो ।

विशेष वकिलमध्येका एक सदस्य (अभियोजक) पार्क जी–योङले युनमाथि सैनिक शासनको घोषणालाई लिएर ‘आधिकारिक कागजातमा झुटा विवरण उल्लेख गरेको’ आरोप पनि लगाइएको बताएका छन ।

युनको कानुनी टोलीले पक्राउपूर्जी ’अत्यधिक र अवाञ्छित’ भन्दै आलोचना गरेको छ । गत हप्ता, अदालतलमा विशेष वकीलले ‘यूनले सुरुमा सोधपुछको लागि उपस्थित हुन इन्कार गरेको बताएका थिए ।

तर उनले आवश्यक भएमा भविष्यमा उपस्थित हुने इच्छा व्यक्त गरेको भन्दै गिरफ्तारीका लागि अनुरोध गरेको पक्राउ पूर्जी अदालतले खारेज गरिदिएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com