मस्कले ‘अमेरिका पार्टी’ घोषणा गरेपछि राष्ट्रपति ट्रम्प आक्रोसित


प्रकाशित मिति : असार २२, २०८२ आईतबार

फोटो : रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको नयाँ राजनीतिक दलको योजना प्रति आक्रोश व्यक्त गरेका छन । मस्कले अमेरिका पार्टी बनाउन लागेको घोषणा गरेपछि ट्रम्प आक्रोसित देखिएका हुन ।

एयर फोर्स वन चढ्नुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “तेस्रो दल सुरु गर्नु हास्यास्पद कुरा हो । सधैं दुईदलीय प्रणाली रहँदै आएको छ र तेस्रो दलले झनै भ्रम सिर्जना गर्छ ।”

टेस्लाका सीईओ एलन मस्कले केही हप्तादेखि संकेत गर्दै आएको नयाँ राजनीतिक दलको योजना शनिबार अन्ततः सार्वजनिक गर्दै सामाजिक सञ्जाल एक्स मा ‘अमेरिका पार्टी’ स्थापना गरिएको घोषणा गरेका थिए ।

उक्त पार्टीले रिपब्लिकन र डेमोक्र्याटिक पार्टीविरुद्ध प्रतिस्पर्धा गर्ने बताइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प र मस्क पहिले निकट सहयोगी थिए । मस्क अमेरिकी संघीय खर्च कटौती गर्नका लागि गठन गरिएको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी’ को नेतृत्व गरिरहेका थिए।

तर हाल मस्कसँगको सम्बन्ध चिसिएको संकेत दिँदै राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्ममा मस्क पछिल्ला पाँच सातामा पूर्ण रूपमा नियन्त्रणबाहिर गएको भन्दै दुख व्यक्त गरेका छन ।

ट्रम्पको पोस्ट मस्कको ‘इलेक्ट्रिक वाहन इभी (इभी) अनिवार्य नीति’ प्रस्तावप्रति लक्षित थियो । उनले लेखे, “उक्त प्रस्तावले छोटो अवधिमा सबैलाई जबर्जस्ती इलेक्ट्रिक कार किन्न बाध्य पार्ने थियो।”

जुलाई ४ मा हस्ताक्षर गरिएको ट्रम्पको कर तथा खर्च योजना अनुसार इलेक्ट्रिक गाडीमा दिइँदै आएको कर छुट अन्त्य गरिएको छ।

आफूले सुरुदेखि नै इभी अनिवार्यताको विरोध गर्दै आएको र त्यसैले नयाँ कानुनमा इलेक्ट्रिक गाडीसम्बन्धी कुनै प्रावधान समावेश नगरिएको ट्रम्पले बताएका छन ।

उन थपे, “अब मानिसहरूले आफैंले चाहेको सवारीसाधन किन्ने स्वतन्त्रता पाएका छन् । अब कुनै इभी अनिवार्यता छैन।”

नयाँ कानुनअनुसार सीमाना सुरक्षा, रक्षा क्षेत्र र ऊर्जा उत्पादनमा खर्च बढाइनेछ भने स्वास्थ्य सेवा र खाद्य सहायता कार्यक्रमहरूमा कटौती गरिनेछ ।

एलन मस्कले ट्रम्पसँगको सार्वजनिक विवादकै क्रममा सामाजिक सञ्जालमा नयाँ राजनीतिक दलको विचार राखेका थिए । जसमा उनले बारम्बार ट्रम्पको खर्च नीतिको आलोचना गरेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com