टेक्सासको बाढी अपडेट : मृतकको संख्या ४३ पुग्यो, २७ अझै बेपत्ता


प्रकाशित मिति : असार २१, २०८२ शनिबार

फोटो : एपी/ रासस

अमेरिकाको मध्य टेक्सासमा आएको विनाशकारी बाढीपछि मृत्यु हुनेको संख्या ४३ पुगेको छ । मृतकमध्ये १५ जना बालबालिका छन् । २७ बालिका अझै बेपत्ता रहेका छन ।

केर काउन्टीका शेरिफ ल्यारी लाइथाले हराएका सैब नभेटिदासम्म उद्धार कार्य जारी रहने बताए ।

ग्वाडालुपे नदी किनारमा रहेको एक क्रिश्चियन बालिका ग्रीष्मकालीन शिविर बाट २७ बालिकाहरू अझै बेपत्ता छन्। शिविरमा करिब ७५० बालिका थिए।

केही आमाबाबुले सामाजिक सञ्जालमार्फत आफ्ना बच्चाको मृत्यु पुष्टि गरिसकेका छन् । अहिलेसम्म करिब ८५० जना उद्धार गरिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टेक्सासका गभर्नर ग्रेग एबटले पत्रकार सम्मेलनमा उद्धार कार्यमा मद्दत गर्न आपतकालीन घोषणा विस्तार गरिएको जानकारी दिएका छन्।

बाढीले बगाएका मानिसहरू खोज्न उद्धारकर्मीहरू ग्वाडालुपे नदी किनार किनार गइरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकारले स्थानीय अधिकारीहरूसँग मिलेर काम गरिरहेको बताएका छन् ।

राष्ट्रिय मौसम सेवा ले अझै पनि भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ । प्रभावित क्षेत्रको मुख्य ठाउँ ‘क्याम्प मिस्टिक’ नामको एउटा ठूलो क्रिश्चियन बालिका शिविर हो । जहाँ धेरै बालिकाहरू अझै पनि बेपत्ता छन् ।

टेक्सासका उप गभर्नर ड्यान प्याट्रिकका अनुसार तीमध्ये धेरैजसो १२ वर्षभन्दा मुनिका छन्। शिविरबाट प्राप्त भएका तस्वीरहरूमा कम्बल, गद्दा, टेडी बेयर र अन्य बालबालिकाका सामानहरू हिलोले पुरिएका देखिन्छन्।

शुक्रबार बिहानै नदीको सतह एक घण्टामा २६ फिट भन्दा बढीले बढ्दा धेरै बालिका निद्रामा नै थिए। आइतबार मृतक र बेपत्ता बालबालिकाका लागि क्याथोलिक चर्च मा विशेष प्रार्थना गरिनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com