एसाइलम आवेदक लगायतलाई वर्क परमिट शुल्क ५५० डलर, वर्क परमिट बढीमा १ बर्ष


प्रकाशित मिति : असार २१, २०८२ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हस्ताक्षर गरेको बिल अनुशार अब अब एसाइलम आवेदक लगायतलाई वर्क परमिट आवेदनमा कम्तीमा ५५० डलर शुल्क तिर्नुपर्नेछ । प्रारम्भिक रकम आर्थिक वर्ष २०२५ को लागि यो शुल्क कम्तीमा ५५० डलर वा होमल्याण्ड सेक्युरिटी सेक्रेटरीले नियमनमार्फत निर्धारण गरेको रकम तिनुपर्ने भएपनि मुद्रास्फीतिका आधारमा वार्षिक समायोजन अन्तरगत आर्थिक वर्ष २०२६ र त्यसपछिका प्रत्येक आर्थिक वर्षमा यो शुल्क बढ्दै जानेछ ।

वर्क परमिट आवेदन शुल्कबाट जम्मा भएको रकमको २५ प्रतिशत युएससीआईएसलाई प्रदान गरिनेछ भने युएससीआईएसले थप विनियोजन बिना यो रकम राख्न र खर्च गर्न पाउनेछ । तर कम्तीमा ५० प्रतिशत रकम अध्यागमन लाभ जालसाजी पत्ता लगाउन र रोकथाम गर्न प्रयोग गरिनेछ। अरु रकम अमेरिकी ट्रेजरीको कोषमा जम्मा गरिनेछ। यो शुल्कमा माफी वा छुट गरिनेछैन।

त्यस्तै अमेरिकामा परोलमा रहेका कुनै पनि व्यक्तिले वर्क परमिटका लागि आवेदन दिंदा पनि कम्तीमा ५५० डलर शुल्क तिर्नुपर्नेछ । प्रत्येक वर्क परमिट १ वर्ष वा परोल अवधिमध्ये जुन छोटो छ, त्यसको लागि मान्य हुनेछ। यो रकम पनि आगामी बर्षहरुमा मुद्रास्फीतिका आधारमा वार्षिक समायोजन गर्दा बृद्धि हुँदै जानेछ ।

त्यस्तै टीपीएसका आधारमा वर्क परमिट दिंदा पनि यो शुल्क लागु हुनेछ । वर्क परमिटको अवधि १ वर्ष वा टीपीएस अवधिमध्ये जुन छोटो छ, त्यसको लागि मान्य हुनेछ। यो रकम पनि आगामी बर्षहरुमा मुद्रास्फीतिका आधारमा वार्षिक समायोजन गर्दा बृद्धि हुँदै जानेछ । साथै एसाइलम आवेदक, टीपीएसवाहक वा परोलमा आएकाहरुले वर्क परमिटको अवधि विस्तार वा नविकरण गर्दा सबैले कम्तीमा थप २७५ डलर शुल्क तिर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परोलमा रहेका व्यक्ति र टीपीएसवाहकको वर्क परमिट बढीमा १ बर्षकोमात्र हुने भएतापनि एसाइलम आवेदकका हकमा भने यो लागु हुनेछैन ।

त्यस्तै अध्यागमन परोल शुल्क वापत पनि कम्तीमा १ हजार डलर वा होमल्याण्ड सेक्युरिटी सेक्रेटरीले नियमनमार्फत निर्धारण गरेको रकम लिइनेछ । यो रकम पनि मुद्रास्फीतिका आधारमा हरेक बर्ष बढाइनेछ । तर यो शुल्कमा केही अपवादहरु पनि छन् ।

आवेदकको मेडिकल इमर्जेन्सी भएमा वा बसोबास गरेको विदेशी मुलुकमा आवश्यक उपचार प्राप्त गर्न नसक्ने अवस्था भएमा, मेडिकल इमर्जेन्सी जीवन नै जोखिमपूर्ण हुने भएमा र सामान्य भिसा प्रक्रियामार्फत अमेरिका प्रवेश गर्न पर्याप्त समय नभएमा, अमेरिकामा अंग प्रत्यारोपणको लागि आवश्यक हुँदा सामान्य भिसा प्रक्रियामार्फत अमेरिका प्रवेश गर्न पर्याप्त नभएमा, विदेशीको अमेरिकामा नजिकको परिवारको मृत्यु आसन्न हुँदा सामान्य भिसा प्रक्रियामार्फत समयमै अमेरिका पुग्न नसक्ने अवस्था भएमा, विदेशी नजिकको परिवारको अन्त्येष्टिमा सहभागी हुन खोज्दा सामान्य भिसा प्रक्रियामार्फत समयमै अन्त्येष्टिमा पुग्न नसक्ने अवस्था भएमा लगायतका १० वटा विभिन्न अपवादहरु रहेका छन् ।

त्यस्तै विशेष आप्रवासी जुभेनाइल शुल्क अन्तरष्गत पनि कम्तीमा २५० डलर तिर्नुपर्नेछ । विशेष आप्रवासी जुभेनाइलका लागि आवेदन दिने कुनै पनि विदेशी, अभिभावक, वा कानूनी संरक्षकले कम्तीमा २५० डलर वा होमल्याण्ड सेक्युरिटी सेक्रेटरीले नियमनमार्फत निर्धारण गरेको रकम तिर्नुपर्नेछ । यो रकम पनि मुद्रास्फीतिका आधारमा वार्षिक समायोजन गर्दै लगिनेछ ।

त्यस्तै टीपीएस आवेदनका लागि पनि ५ सय डलर शुल्क तिर्नुपर्नेछ । साथै मुद्रास्फीतिका आधारमा वार्षिक रुपमा समायोजन गरिदै लगिनेछ । यसमा पनि शुल्क माफी वा छुट दिइनेछैन ।

त्यस्तै गैर आप्रवासी भिसा शुल्क पनि बृद्धि गरेर कम्तीमा २५० डलर बनाइने भएको छ । यो शुल्क कम्तीमा २५० डलर वा होमल्याण्ड सेक्युरिटी सेक्रेटरीले नियमनमार्फत निर्धारण गरेको रकम हुनेछ । साथै मुद्रास्फीतिका आधारमा वार्षिक समायोजन गर्दै यसमा बृद्धि गर्दै लगिनेछ ।

यदि भिसावाहकले गैर आप्रवासी भिसा अनुसार अमेरिका प्रवेश गरेपछि अनधिकृत रोजगारी स्वीकार नगर्ने लगायतका सबै सर्तहरूको पालना गरेको खण्डमा तथा प्रवेश अवधि विस्तार गर्न नखोजेमा र वैधता अवधिको अन्तिम दिनको ५ दिनभित्र अमेरिका छाडेमा तथा वैध स्थायी बासिन्दाको स्थिति समायोजन प्राप्त नगरेमा होमल्याण्ड सेक्युरिटी सेक्रेटरीले गैर आप्रवासी भिसाको वैधता अवधि समाप्त भएपछि उक्त रकम फिर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै फारम आई ९४ आगमन र प्रस्थान रेकर्डको लागि आवेदन दिने व्यक्तिले पनि कम्तीमा २४ डलर वा होमल्याण्ड सेक्युरिटी सेक्रेटरीले नियमनमार्फत निर्धारण गरेको रकम तिर्नुपर्नेछ । मुद्रास्फीतिका आधारमा यो शुल्कमा पनि वार्षिक समायोजन गरिनेछ । यसबाट संकलित रकमको २० प्रतिशत ल्याण्ड बोर्डर निरीक्षण शुल्क खातामा जम्मा गरिनेछ भने सीबीपीलाई थप विनियोजन बिना राख्न र खर्च गर्न उपलब्ध गराइनेछ। बाँकी रकम अमेरिकी ट्रेजरीको सामान्य कोषमा जम्मा गरिनेछ।

त्यस्तै कुनै पनि विदेशीले अध्यागमन अदालतमा आवेदन दायर गरेर वैध स्थायी बासिन्दाको रूपमा समायोजन गर्न आवेदन दिएमा वा जसको आफ्नो स्थितिलाई वैध स्थायी बासिन्दाको रूपमा समायोजन गर्न आवेदनको अध्यागमन अदालतमा फैसला गरिएको भएमा आवेदन दायर गर्दा वा त्यस्तो आवेदनको फैसला हुनुभन्दा पहिले कम्तीमा १,५०० डलर वा एटोर्नी जनरलले नियमनमार्फत निर्धारण गरेको रकम तिर्नुपर्नेछ ।

त्यस्तै प्रवेशमा अयोग्यताको आधार माफीको लागि आवेदन शुल्क पनि कम्तीमा १,०५० डलर कायम गरिएको छ । त्यस्तै कुनै पनि विदेशीले टीपीएसका लागि अध्यागमन अदालतमा आवेदन दायर गर्दा वा त्यस्तो आवेदन अध्यागमन अदालतले फैसला गर्नु अघि कम्तीमा ५ सय डलर शुल्क तिर्न आवश्यक पर्नेछ।

अध्यागमन न्यायाधीशको निर्णयको अपिल शुल्क पनि कम्तीमा ९ सय डलर तोकिएको छ । अध्यागमन न्यायाधीशको निर्णयको अपिल दायर गर्ने कुनै पनि आवेदकले उक्त शुल्क तिर्नुपर्नेछ । यो शुल्क बन्ड निर्णयको अपिलमा लागू हुने छैन।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीको निर्णयको अपिल शुल्क पनि कम्तीमा ९ सय डलर कायम गरिएको छ । कानुन व्यवसायीलाई अनुशासनात्मक केसमा निर्णयको अपिल शुल्क पनि कम्तीमा १३२५ डलर कायम गरिएको छ ।

अध्यागमन न्यायाधीश वा बोर्ड अफ इमिग्रेशन अपिल्सको निर्णय पुनर्विचार वा पुनःखोल्ने प्रस्ताव दायर गर्ने कुनै पनि आवेदकबाट कम्तीमा ९०० डलर शुल्क लिइनेछ । यद्यपी त्यसमा केही अपवादहरु पनि रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com