मस्कोमाथि युक्रेनी ड्रोन हमला : रूसी हवाई सुरक्षाद्वारा चार ड्रोन खसालिए, प्रमुख विमानस्थलमा उडान रोक


प्रकाशित मिति : असार २१, २०८२ शनिबार

शनिबार बिहान रूसी राजधानी मस्कोमा युक्रेनी ड्रोनहरू आक्रमणको प्रयास गर्दै गर्दा रूसी हवाई सुरक्षाले चारवटा ड्रोन खसालेको पुष्टि गरिएको छ।

मस्कोका मेयर सेर्गेई सोब्यानिनले जानकारी दिएअनुसार, ती ड्रोनहरू मस्कोको दिशा तर्फ उडिरहेका थिए र ड्रोन खसालिएको स्थानमा आपतकालीन सेवाहरू परिचालित छन्। यद्यपि, उनले सम्भावित क्षति वा घाइतेको विवरण भने सार्वजनिक गरेका छैनन्।

रूसको रक्षा मन्त्रालयका अनुसार, शनिबार रातभरि मात्र ९४ वटा ड्रोन नष्ट गरिएको छ भने शनिबार बिहान थप ४५ ड्रोन रूसी आकाशमा खसालिएको छ। यो घटनालाई हालसम्मकै ठूलो ड्रोन हमला मध्येको रूपमा हेरिएको छ।

यस आक्रमणका कारण मस्कोको मुख्य विमानस्थल शेरेमेत्येभोमा केही समयका लागि सबै बाहिरिने उडानहरू रोकिएको थियो। रूसको नागरिक उड्डयन प्राधिकरण रोसावियात्सिया ले दिएको जानकारी अनुसार राजधानीको हवाई क्षेत्रमा लागू गरिएको प्रतिबन्ध र तीव्र हावाका कारण यो निर्णय गरिएको हो। रोक हटाइएको भए पनि यात्रुहरूलाई सतर्क रहन अपिल गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेन्ट पिटर्सबर्गको पुल्कोभो विमानस्थलसहित अन्य केही रूसी शहरका विमानस्थलहरूमा समेत सुरक्षा कारणवश अस्थायी रूपमा उडानहरू रोकिएको रोसावियात्सियाले जानकारी दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com