आठ आप्रवासीलाई दक्षिण सुडान डिपोर्ट गर्न ट्रम्प प्रशासनलाई सर्वोच्च अदालतको अनुमति


प्रकाशित मिति : असार २०, २०८२ शुक्रबार

अमेरिकामा सर्वोच्च अदालतको अनुमति पछि ट्रम्प प्रशासनले आठ आप्रवासीलाई दक्षिण सुडान डिपोर्ट गर्ने बाटो खुला भएको छ ।

दुई न्यायाधीशहरूको निर्णयले उनीहरूको डिपोर्टेशनलाई अघि बढाउने बाटो खोलिदिएको हो । युद्धग्रस्त दक्षिण सुडानमा आठ आप्रवासीलाई डिपोर्ट गर्ने ट्रम्प प्रशासनको योजनामा संघीय न्यायाधीशले केही समयका लागि रोक लगाएका थिए ।

अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ मा अदालतमा असामान्य चहलपहल देखिएको थियो । वासिङ्टन डीसीका जिल्ला न्यायाधीश रान्डोल्फ मोसले बिहानै अस्थायी रुपमा डिपोर्टेशन रोकेका थिए । जसमा आप्रवासीका वकिलहरूले अन्तिम प्रयासस्वरूप अपिल गरेका थिए।

तर दिउँसोको सुनुवाइमा मोसले आफूले डिपोर्टेशन रोक्न सक्ने अधिकार नभएको ठहर गर्दै यसबारे बोस्टनका संघीय न्यायाधीश ब्रायन मर्फीले निर्णय गर्नुपर्ने बताए । मर्फीकै अघिल्लो आदेशका कारण डिपोर्टेशन रोकिन पुगेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर शुक्रबार साँझ, न्यायाधीश मर्फीले छोटो आदेश जारी गर्दै भने, “सुप्रीम कोर्टको पछिल्लो आदेश बाध्यकारी छ, र यिनै मुद्दाहरू फेरि उठाइएकाले यो निवेदन अस्वीकृत गरिन्छ।”

सरकारले यी आठ आप्रवासीहरूलाई अमेरिकी नौसैनिक अड्डा डिजिबुटीबाट दक्षिण सुडान लैजान तयारी गरेको बताइएको थियो। उनीहरूलाई केही हप्ता अघि त्यहाँ पुर्याइएको थियो । तर न्यायालयको रोकका कारण अगाडि बढ्न सकेको थिएन।

यी आठ आप्रवासीहरू दक्षिण सुडानका होइनन् । उनीहरू लाओस, मेक्सिको, म्यानमार, भियतनाम लगायतका देशका नागरिक हुन् । तर पनि, सरकारले उनीहरूलाई युद्धग्रस्त दक्षिण सुडान डिपोर्ट गर्न खोजिरहेको छ । सुडानमा अमेरिकी सरकारले आफैं यात्रा नगर्न चेतावनी दिएको छ।

न्यायाधीश मर्फीले कुनै आप्रवासीलाई अर्को देशमा पठाउनु अघि उनीहरूले अदालतमा सुनुवाइको मौका पाउनुपर्छ भन्ने निर्णय गरेका थिए । तर, सुप्रीम कोर्टले सो निर्णय खारेज गरेको थियो ।

सुप्रीम कोर्टले नयाँ आदेश जारी गर्दै यी आप्रवासीलाई दक्षिण सुडान पठाउन सकिने आदेश दिएको थियो ।

त्यसपछि आप्रवासीका वकिलहरूले आपतकालीन रूपमा डिपोर्टेशन रोक्न निवेदन दर्ता गरेका थिए । अन्ततः सुप्रीम कोर्टको आदेशलाई मान्दै डिपोर्टेशनको बाटो खुला भएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com