बेलायती संसद्‌मा सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपति, दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय


प्रकाशित मिति : असार २०, २०८२ शुक्रबार

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आगामी साता हुने बेलायतको राजकीय भ्रमणका क्रममा त्यहाँको संसद्लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

शिखर सम्मेलनमा सहभागी हुन उनी मंगलबार लण्डन जाँदैछन्, जहाँ दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल हुनेछ।

बकिङघम प्यालेसका अनुसार, राष्ट्रपति म्याक्रोँ र उनकी पत्नी ब्रिगित म्याक्रोँ वेस्टमिन्स्टर प्यालेस भ्रमण गर्नेछन् र भ्रमणकै क्रममा बेलायती संसद्को संयुक्त सदनलाई सम्बोधन गर्नेछन्। सन् २००८ मा राष्ट्रपति निकोलस सार्कोजीपछिका म्याक्रोँ पहिलो फ्रान्सेली राष्ट्रपति हुन् जसले बेलायतको राजकीय भ्रमण गर्दै संसद्लाई सम्बोधन गर्न लागेका हुन्।

राजा चाल्स तृतीयको औपचारिक निमन्त्रणामा म्याक्रोँ दम्पती लण्डनको पश्चिममा अवस्थित विन्डसर क्यासल पुग्नेछन्। त्यहाँ आयोजित राजकीय भोजमा उनीहरूको सहभागिता रहनेछ। साथै, सेन्ट जर्ज च्यापलमा दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको समाधिस्थलमा राष्ट्रपति म्याक्रोँले पुष्पार्पण गर्ने कार्यक्रम पनि तय भएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०२३ को सेप्टेम्बरमा राजा चाल्सले फ्रान्सको राजकीय भ्रमण गरेका थिए। यसपटकको भ्रमणका क्रममा राष्ट्रपति म्याक्रोँले बेलायती प्रधानमन्त्री केइर स्टार्मरसँग समेत द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

ब्रेक्जिटपछिको अवधिमा पेरिस–लण्डन सम्बन्धमा देखिएको तिक्तता पछिल्लो समय केही कम भएको छ। विशेषतः स्टार्मरको नेतृत्वमा बनेको मध्य–वामपन्थी लेबर सरकारसँग फ्रान्सको सम्बन्धमा नयाँ न्यानोपन आएको विश्वास गरिएको छ। दुई देश युक्रेनका लागि शान्ति स्थापना गर्ने युरोपेली पहलमा पनि सँगै अग्रसर छन्।

यद्यपि, च्यानल समुद्रमार्ग हुँदै स–साना डुङ्गाबाट बेलायत प्रवेश गर्ने आप्रवासीहरूलाई नियन्त्रण गर्ने विषयमा भने अझै दुवै देशबीच सहमति जुट्न सकेको छैन।

लण्डनमा बिहीबार हुने ३७औं फ्रेन्को–ब्रिटिश शिखर सम्मेलनमा आप्रवासनसहित द्विपक्षीय सुरक्षा, व्यापार, र जलवायु सम्बन्धी विषयहरू प्रमुख एजेन्डा हुने अपेक्षा गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com