गत महिना अमेरिकाबाट ४२ नेपाली डिपोर्ट, मे महिनाको तुलनामा घट्यो


प्रकाशित मिति : असार १७, २०८२ मंगलबार

ट्रम्प प्रशासन आइसकेपछि अमेरिकाबाट नेपाल फर्काइएका नेपाली नागरिकको संख्यामा वृद्धि देखिए पनि मे महिनाको तुलनामा भने जून महिनामा गिरावट आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार, जून महिनामा ४२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन्, जसमा ५ जना महिला र ३७ जना पुरुष छन्। सन् २०२५ को जनवरी २० देखि जून ३० सम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता कुल १८२ जना नेपाली डिपोर्ट भएको तथ्यांक छ।

अमेरिकाले जूनको पहिलो साता एकै पटक ३७ नेपालीलाई डिपोर्ट गरेको थियो। तीमध्ये ३२ पुरुष र ५ महिला थिए। यति धेरै नेपालीहरूलाई चार्टर्ड विमानमार्फत एकै पटक डिपोर्ट गरिएको यो पहिलो पटक थियो ।

अमेरिकाले अवैध आप्रवासन नियन्त्रणमा कडा नीति अपनाएको छ। विशेषगरी राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालमा देशनिकाला प्रक्रिया तीव्र पारिएको छ। कागजातबिना बसोबास गर्ने आप्रवासीहरूलाई लक्षित यस नीतिका कारण ठूलो संख्यामा नेपालीहरू देशनिकालाको जोखिममा परेका छन्। तथ्यांकअनुसार सन् २०२५ मा जनवरीमा ६ जना, फेब्रुअरीमा १८ जना, मार्चमा ३२ जना, अप्रिलमा २६ जना, मेमा ५८ जना, र जूनमा ४२ जना नेपाली डिपोर्ट भएका छन्।

नेपालले डिपोर्ट भएका आफ्ना नागरिकहरूलाई सहज रूपमा स्वीकार गर्दै आएको छ। अमेरिकी अध्यागमनले देशनिकालामा परेका नेपालीका लागि ट्राभल डकुमेन्ट अनुरोध गरेपछि वासिङ्टन डीसीस्थित नेपाली दूतावासले सहज रूपमा कागजात उपलब्ध गराउँदै आएको छ। यद्यपि, तेस्रो मुलुक हुँदै नेपाल डिपोर्ट हुने नेपालीको संख्या पनि बढ्दो छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति ट्रम्पले डिपोर्ट गरिएका नागरिकलाई स्वीकार नगर्ने देशहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्। कतिपय देशका सरकारी अधिकारीहरूलाई अमेरिकी भिसा प्रतिबन्धसमेत लगाइएको छ। तर नेपालले आफ्ना नागरिकलाई स्वीकार गर्ने नीतिलाई निरन्तरता दिएकोले अमेरिकासँग कुनै तनाव उत्पन्न भएको छैन।

गत सोमबार मुख्य सचिव एकनारायण अर्याल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भएको भेटवार्तामा नेपालको अध्यागमन प्रणाली सुदृढीकरण र अवैध आप्रवासनले निम्त्याउने समस्याबारे छलफल भएको थियो। नेपाली दूतावासले नागरिकहरूलाई वैधानिक बाटोबाट मात्र अमेरिका प्रवेश र बसोबास गर्न सचेत गराउँदै आएको छ।

सन् २०२५ मा डिपोर्ट गरिने नेपालीको संख्या उल्लेखनीय रूपमा बढेसँगै अमेरिकामा रहेका नेपाली समुदायमा चिन्ता बढेको छ। झन्डै साढे ७ हजार नेपालीको टीपीएस समाप्त हुने भएकाले समस्या थप जटिल हुने देखिएको छ। नेपालले आफ्ना नागरिकहरूलाई स्वीकार गर्ने नीति कायम राखे पनि यसले आर्थिक र सामाजिक क्षेत्रमा चुनौती उत्पन्न गर्न सक्ने देखिएको छ।

बाइडेन प्रशासनको समयमा अमेरिकाबाट आइसमार्फत देशनिकाला गरिने नेपालीहरूको संख्या निकै कम थियो। सन् २०२४ मा जम्मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए। सन् २०२३ मा २४ जना, २०२२ मा २२ जना, र २०२१ मा ३५ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ। सन् २०२१ को जनवरी १७ देखि २०२४ को डिसेम्बर ३० सम्म कुल १३३ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com