टिकटक किन्ने खरिदकर्ता अमेरिकामा भेटाएको राष्ट्रपति ट्रम्पको भनाई


प्रकाशित मिति : असार १५, २०८२ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध लागेको भिडियो साझेदारी एप टिकटक का लागि खरिदकर्ता भेटिएको बताएका छन् । अमेरिकी सरकारले यसलाई राष्ट्रिय सुरक्षा जोखिम भन्दै प्रतिबन्ध लगाएको थियो।

ट्रम्पले “धेरै धनाढ्य मानिसहरूको समूह” एप खरिद गर्न इच्छुक रहेको बताए । उनले भने, “म तपाईंलाई करिब दुई सातामा बताउँछु।”

टिकटकको बिक्रीका लागि चिनियाँ सरकारको स्वीकृति आवश्यक पर्छ । तर ट्रम्पले राष्ट्रपति सी जिनपिङले “सायद स्वीकृति दिनेछन्” भन्ने विश्वास व्यक्त गरे ।

यसै महिनामा ट्रम्पले टिकटक बिक्रीलाई अनिवार्य बनाउने अमेरिकी कानुनको कार्यान्वयनलाई तेस्रो पटकका लागि स्थगित गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अबको नयाँ म्याद अनुसार टिकटक को मूल कम्पनी वाइट डान्स ले आगामी १७ सेप्टेम्बरसम्म सम्झौता गर्नुपर्नेछ।

ट्रम्पले अहिले भनेको सम्भावित खरिदकर्ता तीन महिनाअघि तयारी अवस्थामा रहेको समूहसँग मेल खाने हो कि होइन भन्ने स्पष्ट छैन।

अमेरिकी कंग्रेसले २०२४ को अप्रिलमा टिकटक बिक्रीको लागि कानुन पास गरेको थियो ।

एप वा यसको मूल कम्पनीले चिनियाँ सरकारलाई अमेरिकी प्रयोगकर्ताको डाटा दिन सक्छ भनेर सांसदहरूले चिन्ता व्यक्त गर्दै आएका छन । तर टिकटकले यो आरोपलाई अस्वीकार गरेको थियो।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा टिकटक को आलोचना गरेका थिए । तर पछि यसलाई २०२४ को चुनाव जित्नमा मद्दत गर्ने माध्यमको रूपमा व्याख्या गरेका छन । अहिले यसलाई अमेरिका भित्र रहन दिनुपर्ने धारणा राख्दै समर्थन गरेका छन्।

कानुन १९ जनवरीमा लागू हुने तय गरिएको थियो । तर ट्रम्पले कार्यकारी आदेशमार्फत पटक–पटक यसको कार्यान्वयन रोक्दै आएका छन् । यसले कंग्रेसका सांसदहरूबाट आलोचना समेत निम्त्याएको छ।

टिकटक ले उक्त कानुन अमेरिकी संविधानविरुद्ध भएको दाबी गर्दै सर्वोच्च अदालतमा अपिल गरेको थियो । तर सुप्रीम कोर्टले अपिल अस्वीकार गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com