अमेरिकी पत्रकार मोयर्सको निधन, उनी सधै चर्चामा किन रहे ?


प्रकाशित मिति : १२ असार २०८२, बिहिबार

अमेरिकी सम्मानित पत्रकार बिल मोयर्सको निधन भएको छ । पूर्व ह्वाइट हाउस प्रेस सचिव समेत रहेका मोयर्सको ९१ वर्षको उमेरमा निधन भएको हो ।

ह्वाइट हाउसका पूर्व प्रेस सचिव तथा अमेरिकी टेलिभिजन पत्रकारिताका सम्मानित नाम बिल मोयर्सको बिहीबार ९१ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ।

उनको निधन न्युयोर्क सिटीको मेमोरियल स्लोन केटरिङ अस्पतालमा भएको हो । उनका छोरा विलियमले लामो समयदेखि अस्वस्थ रहँदै आएका मोयर्सको मृत्यु भएको जानकारी दिए ।

मोयर्सको करियर युवावस्थामा पादरीबाट शुरू भएको थियो। उनी पिस कोर्प्सका उपनिर्देशक, राष्ट्रपति लिण्डन बी जोनसनका प्रेस सचिव, समाचार विश्लेषक तथा अखबार प्रकाशकका रूपमा कार्यरत रहे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले धर्मदेखि सरकारको भ्रष्टाचार, मादक पदार्थ दुर्व्यसनदेखि वातावरणीय क्षति, आधुनिक नृत्यदेखि सञ्चार माध्यमको केन्द्रीकरणसम्मका विषयमा गहिरो अनुसन्धानात्मक कार्यक्रमहरू प्रस्तुत गरेका कारण चर्चित बनेका थिए ।

टेलिभिजनमा ‘टकरावपूर्ण बहस र झगडामूलक दृश्य’ प्रचलित हुँदाहुँदै पनि, मोयर्सले ‘क्यामेरामा दुई मानिसबीचको गम्भीर संवाद’लाई प्राथमिकता दिए । उनले भनेका थिए, ‘सबैभन्दा आकर्षक उत्पादन मूल्य भनेको मानव अनुहार हो।’

उनको शैलीलाई “नरम, तर गहिरो खोतल्ने” शैली भनेर वर्णन गरिएको छ। उनी आफूलाई ‘नागरिक पत्रकार’ मान्थे जसले सत्ताको सीमाभन्दा बाहिर रहेर काम गरे।

उनको सार्वजनिक टेलिभिजनसँगको सम्बन्ध र खुलेर गरिएको पत्रकारिता शैलीका कारण उनीलाई उदारवादी पत्रकारको रूपमा आलोचना गरियो । तर उनले आफूलाई ‘पुरानो ढंगको उदारपन्थी’ भनेर चिनाउन रुचाउँथे ।

एकपटक उनले भनेका थिए, “नाफामुखी सञ्चार माध्यममा सत्य बोल्न तपाईंलाई पुरस्कार दिइँदैन।” उनी १९५४ मा लिण्डन जोनसनको चुनाव प्रचारमा स्वयंसेवक बनेका थिए ।

प्रभावित भएर जोनसनले उनलाई आफ्नो कार्यालयमा ल्याए। तर भियतनाम युद्धले सरकारको प्राथमिकता बदलिएपछि, १९६६ मा उनले राजीनामा दिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com