Follow @khasokhasmag

राजनीतिक ध्रुवीकरणको असरः रोकियो मोदी र सिरिसेनाको नेपाल भ्रमण


प्रकाशित मिति : आश्विन २०, २०७४ शुक्रबार

२० असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाल सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावि नेपाल भ्रमण रोकिएको छ ।

नेपालमा अप्रत्यासित रुपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि उत्पन्न परिस्थितिका कारण यी दुई उच्चस्तरीय भ्रमण तत्कालका लागि नहुने भएका हुन् ।

एमाले र माओवादी केन्द्रबीच निर्वाचनमा तालमेल र पार्टी एकता गर्ने घोषणासँगै शेरबहादुर देउवा नेतृत्वको सरकार परिवर्तन हुन सक्ने चर्चाबीच मोदी र सिरिसेनाको भ्रमण प्रभावित भएको सरकारी स्रोतले जनाएको छ ।

नयाँदिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग बुधबार १५ मिनेट भेटवार्ता गरेका थिए ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com