आइसका अधिकारीले पक्राउ गर्दा मास्क लगाउनु आत्मरक्षाका लागि भएको अमेरिकी अटर्नी जनरलको भनाई


प्रकाशित मिति : ११ असार २०८२, बुधबार

अमेरिकी अटर्नी जनरल पाम बोंडीले आप्रवासन अधिकारीहरूले अवैध विदेशी पक्राउ गर्दा अनुहार ढाक्न मास्क लगाउने गरेको सूचना आफूसँग नभएको बताएकी छन ।

सामाजिक सञ्जाल र अन्य स्रोतहरूमा ती दृश्यहरू व्यापक रूपमा फैलिएका भएपनि उनले आफूलाई यस विषयमा जानकारी नभएको बताएकी हुन ।

ती अधिकारीहरूले आफ्नो पहिचान छिपाउन मास्क र फेस कभरेज प्रयोग गरिरहेको भन्दै आलोचना भइरहेको छ ।

क्यापिटोल हिल उप समिति बैठकमा डेमोक्र्याट सिनेटर ग्यारी पिटर्सले प्रश्न गर्दा बोंडीले “तीहरूलाई डोक्सिङ् र परिवार धम्कीहरू भइरहेकाले” आफूले मास्क लगाउने गरिरहेको बुझेको बताइन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पिटर्सले अनुहार ढाकेर आप्रवासन प्रवर्तनले झनै डरलाग्दो वातावरण सिर्जना भएको बताए ।

रिपब्लिकन सेनेटर लिसा मर्कोव्स्कीले अलास्कामा अहिलेसम्म आइस न्यून प्रयोग भएकै भए पनि प्रहरीले स्थानीय रेस्टुरेन्ट मालिकलाई पक्राउ गरेको बताए ।

बोंडीले हिंस्रक अपराध नियन्त्रण र आप्रवासन दुवै कार्य सँगै अघि बढाइने बताइन । पाम बोंडीले आप्रवासन अधिकारीहरूले अनुहार छिपाउनु आत्म संरक्षणको उपाय हो भन्ने बताइन ।

तर यसले क्रूर र डरलाग्दो अवस्थामा सार्वजनिक सुरक्षा र पारदर्शितालाई चुनौती दिएको विश्लेषकहरू बताउँछन् ।

राजनीतिज्ञहरूले यस विषयमा पारदर्शिता र अधिकारिक पहिचान सुनिश्चित गर्ने आवश्यकता औंल्याइरहेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com