अमेरिकी खोप सल्लाहकार समितिद्वारा खोप तालिकाको पुनरवलोकन गर्ने तयारी


प्रकाशित मिति : असार ११, २०८२ बुधबार

फोटो: गेज स्किडमोर

अमेरिकी खोप सल्लाहकार समितिले बालबालिका तथा किशोरहरूको खोप तालिकाको पुनरवलोकन गर्ने तयारी गरेको छ ।

अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरद्वारा नियुक्त गरिएको समितिले खोप तालिकाको पुनरवलोकन गर्ने तयारी गरेको हो ।

खोप सल्लाहकार समितिका नयाँ सदस्यहरूले बालबालिका तथा किशोरहरूको लागि वर्षौंदेखि स्वीकृत खोप तालिकाको पुनरावलोकन गर्ने देखिएको छ ।

समितिले अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र लाई कुन खोप कहिले दिने भन्ने सिफारिस गर्ने गर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर स्वास्थ्य विज्ञ तथा केही राजनीतिज्ञहरूले समितिका नयाँ सदस्यहरूको योग्यता र खोपप्रतिको दृष्टिकोणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन ।

नयाँ सदस्यहरूमध्ये कतिपय व्यक्तिहरू अघिल्लो समयदेखि नै खोप विरोधी विचार राख्दै आएका छन्।

स्वास्थ्य मन्त्री केनेडीले जुन ९ मा एसीआईपीका सबै १७ सदस्यहरूलाई हटाइदिएपछि विवाद सुरु भएको थियो । उनले नयाँ आठ सदस्य चयन गरेका छन ।

नवजात शिशुलाई दिइने हेपाटाइटिस बी खोपको आवश्यकतामाथि समेत पुनर्विचार गरिनेछ । यो खोपले लिवर क्यान्सर गराउने संक्रमणबाट बचाउँछ र सुरक्षित तथा प्रभावकारी मानिन्छ ।

सात वर्षअघि स्वीकृत खोपहरू पुनरावलोकन गर्नु भनेको त्यसबेलाको अनुमोदन प्रक्रिया गलत थियो भन्ने आशय दिन सक्छ,’ हार्वर्ड टीएच चान स्कूल अफ पब्लिक हेल्थका महामारी विशेषज्ञ प्रोफेसर बिल हानेजले भने। ‘यसको कुनै वैज्ञानिक आधार देखिँदैन।’

यसअघि समिति आरएसभी ‘श्वासप्रश्वाससँग सम्बन्धित भाइरस’ विरुद्धको खोप सिफारिसमाथि मतदान गर्ने तयारीमा थियो । तर अब त्यो स्थगित गरिएको छ।

फिलाडेल्फिया बाल अस्पतालका खोप शिक्षा केन्द्रका निर्देशक डा पॉल अफिटका अनुसार, ‘यसपटक केनेडीले आफूसँग मिल्ने — अघिदेखि नै खोप विरोधी दृष्टिकोण भएका — व्यक्तिहरूलाई समिति सदस्य बनाएका छन्।’

रिपब्लिकन सिनेटर तथा चिकित्सक बिल क्यासिडीले पनि समितिको आकार सानो हुनु र निर्देशकको अभावमा बैठक अघि नबढाइनु पर्ने टिप्पणी गरेका छन् ।

उनले हाल नियुक्त सदस्यहरू वैज्ञानिक योग्यता भए पनि, धेरैले सूक्ष्मजैविकी, महामारी विज्ञान वा प्रतिरक्षा विज्ञानमा पर्याप्त अनुभव नभएको बताएका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com