गोविन्द केसीले सुरु गरे १३ अाैं अनसन


प्रकाशित मिति : आश्विन १९, २०७४ बिहीबार

१९  असोज, काठमाडौं । दशैंमा स्थगित भएको डा. गोविन्द केसीको १३ अाैं आमरण अनसन आजबाट फेरि सुरु भएको छ 

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पास गर्न खोजिएको भन्दै डा. केसीले असोज ९ गतेदेखि आमरण अनसन थालेका थिए । तर, दुई दिनपछि दशैंभरका लागि भन्दै उनले फूलपातीका दिन अनसन स्थगित गरे ।

त्यसबेला नै उनले स्थगित आमरण अनसन १९ गतेबाट सुरु गर्ने बताएका थिए । सोही अनुसार डा. केसीले अाजबाट अामरण अनसन सुरू गरेका हुन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी १२ पटकसम्म अनसन बसिसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com