इरानको बारेमा ट्रम्पको कुनै पनि निर्णय कार्यान्वयन गर्न अमेरिकी सेना तयार : रक्षामन्त्री हेगसेथ


प्रकाशित मिति : असार ४, २०८२ बुधबार

अमेरिकी रक्षा मन्त्री पीट हेगसेथ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित कुनै पनि निर्णय लिन सक्ने संकेत दिएको पृष्ठभूमिमा अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले सेनाले त्यसलाई कार्यान्वयन गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्। बुधबार अमेरिकी सिनेटको सशस्त्र सेवा समितिमा सार्वजनिक बयान दिँदै उनले यो चेतावनी दिएका हुन्।

रक्षा मन्त्री हेगसेथले भने, “उनीहरूले (इरानले) सम्झौता गर्नुपर्ने थियो। राष्ट्रपति ट्रम्पको शब्दको मूल्य छ। संसारले त्यसलाई बुझ्दछ। हाम्रो रक्षा मन्त्रालय सधैं विकल्पसहित तयार हुन्छ र अहिले हामी त्यही गरिरहेका छौं।”

उनको यस्तो बयानले अमेरिकाले इरानमाथि प्रत्यक्ष आक्रमण गर्नसक्ने अनुमानलाई बल दिएको छ। उनले भने, “तेहरानले ट्रम्पको आणविक कार्यक्रम सम्बन्धी सम्झौताको आह्वानलाई बेवास्ता गर्नु हुँदैनथ्यो।”

यद्यपि, हेगसेथले इरानमाथि आक्रमणको विशेष योजना बनाइएको छ कि छैन भन्ने खुलासा गरेनन् । उनले सिनेटका सदस्यहरूको प्रश्नको जवाफमा भने- “अमेरिकी रक्षा मन्त्रालय राष्ट्रपति ट्रम्पबाट आउने कुनै पनि आदेश कार्यान्वयन गर्न तयार छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले थपे, “हामीले विभिन्न खालका डिटर्रेन्स (विरोध रोक्ने उपाय) फेरि स्थापित गरिसकेका छौं। अबको प्रश्न हो – आगामी दिनहरूमा यसको दिशा के हुन्छ ?”

बुधबार ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दा अमेरिकी आक्रमणको योजना रहेको छ कि छैन भन्ने खुलाउन मानेनन्। उनले भने, “इरानीहरूले सम्पर्क गरेका छन् तर अहिले कुरा गर्न धेरै ढिलो भइसकेको छ।”

“आजको अवस्था र एक हप्ता अघिको अवस्थाबीच ठूलो फरक छ”, ट्रम्पले ह्वाइट हाउस बाहिर भने – “म के गर्न जाँदैछु भनेर कसैले जान्दैन।”

उनले इरानलाई ‘पूर्ण रूपमा असुरक्षित’ र ‘हवाई सुरक्षा नभएको’ राष्ट्रको रूपमा चित्रण गरे। उनका अनुसार, इरानले वासिङ्टनमा वार्ताको प्रस्ताव राखेको थियो, तर उनले त्यसबारे कुनै विस्तृत जानकारी दिएनन्।

इजरायली वायुसेनाले पछिल्लो ६ दिनदेखि इरानमाथि आक्रमण जारी राखेको छ। बुधबारको बम आक्रमणमा इजरायलले इरानको आन्तरिक सुरक्षा सेवाको मुख्यालय ध्वस्त पारेको दाबी गरेको छ।

इजरायली आक्रमण तीव्र भएपछि राजधानी तेहरानबाट हजारौँ मानिस राजमार्ग हुँदै भागिरहेका छन्। सडकहरूमा लाम लागेका गाडीहरूको भिड देखिएको छ।

स्रोतका अनुसार, राष्ट्रपति ट्रम्प र उनका सल्लाहकारहरू इरानी आणविक साइटहरूमा इजरायलसँग मिलेर संयुक्त कारबाही गर्ने योजनामा छलफल गरिरहेका छन्। यसले पश्चिम एसियाको स्थायित्वमा थप चुनौती ल्याउने चिन्ता अन्तर्राष्ट्रिय समुदायमा बढेको छ।

यसबीच, इरानी सर्वोच्च नेता आयातोल्ला अली खामेनीले राष्ट्रपति ट्रम्पको बिना सर्त आत्मसमर्पणको मागलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन्। उनले भनेका छन्, “इरान कुनै पनि दबाबमा झुक्दैन। हाम्रो आत्मसम्मान व्यापारको विषय होइन।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com