क्यालिफोर्नियाका सात पुरुषमाथि १०० मिलियन डलरका गरगहना चोरी गरेको अभियोग


प्रकाशित मिति : असार ३, २०८२ मंगलबार

अमेरिकाको क्यालिफोर्नियाका सात जना पुरुषहरूलाई अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो गरगहना चोरीको घटनामा अभियोग लगाइएको छ ।

उनीहरुविरुद्ध १०० मिलियन अमेरिकी डलर बराबरको सुन, रत्न र विलासी घडीहरू चोरी गरेको अभियोग लगाइएको हो ।

यो चोरी झन्डै तीन वर्षदेखिको क्यालिफोर्नियामा एक रहस्यमय घटनाका रूपमा रहेको थियो ।

ब्रिंक्स कम्पनीको ट्रकले गरगहना बोक्दै गर्दा एउटा ड्राइभर ट्रकभित्र सुतिरहेको र अर्को खाना खाइरहेको बेला ट्रकलाई मध्यरातमा सुनसान स्थानमा लुटिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेको अभियोग अनुसार चोरहरू ट्रकलाई सन फ्रान्सिस्को नजिकको एक गरगहना प्रदर्शनी स्थलबाटै पछ्याउन थालेका थिए ।

ट्रकमा ७३ वटा झोला राखिएको थियो। अर्को बिहान, ट्रक लेबेक क्यालिफोर्नियामा विश्रामका लागि रोकिएको बेला २४ वटा झोला चोरी गरिएको थियो । ती झोलामा गरगहना र विलासी सामग्रीहरू रहेका थिए ।

अभियोगपत्रमा चोरहरूले ट्रकमा कसरी पहुँच पाए भन्ने स्पष्ट गरिएको छैन। ११ जुलाई २०२२ को बिहान अभियुक्तले केही दिनसम्म सन फ्रान्सिस्को नजिकको गरगहना प्रदर्शनी स्थलको निगरानी गरेका थिए । त्यसपछि साथीहरूसहित ट्रक लुटेका थिए।

अभियोग अनुसार, चोरहरूले ब्रिंक्स ट्रकमा गरगहना राखिएको हेरेका थिए । त्यसपछि उनीहरुले करिब ३०० माइल सम्म ट्रकलाई पछ्याइ रहेका थिए ।

ट्रक विश्रामको लागि रोकिने वित्तिकै, २४ वटा झोलाहरू चोरी गरिएको थियो । त्यहाँ रहेको गरगहनाको मूल्य करिब १०० मिलियन डलर रहेको बताइएको छ ।

अधिकारिहरूका अनुसार चोरीका क्रममा कुनै हतियार प्रयोग गरिएको थिएन । खोजतलासको क्रममा १६ जुनमा केही गरगहना बरामद गरिएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com