डिपोर्टलाई देशभर विस्तार गर्न ट्रम्पको आदेश, तीन सहर प्रमुख निशानामा


प्रकाशित मिति : असार २, २०८२ सोमबार

Trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूको हिरासत र डिपोर्टलाई देशभर विस्तार गर्न आदेश दिएका छन् । उनका आप्रवासी नीतिहरूको विरोधमा प्रदर्शनहरू जारी रहेका बेला यो निर्देशन आएको हो ।

आफनो सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा, ट्रम्पले संघीय निकायहरूलाई “अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो सामूहिक निर्वासन कार्यक्रम” कार्यान्वयन गर्न “सम्पूर्ण शक्ति प्रयोग गर्न” निर्देशन दिएका छन्।

उनले विशेष रूपमा लस एन्जलस, सिकागो र न्युयोर्क जस्ता सहरहरूलाई लक्ष्य बनाउने बताएका छन्। ती राज्यहरुमा ६ जुनदेखि गैरकानुनी आप्रवासीहरूमाथिको छापा विरुद्ध ठूला प्रदर्शनहरू भइरहेका छन्।

ट्रम्पले प्रदर्शनहरूप्रति अपनाएको कठोर प्रतिक्रियाको कारण, विशेष गरी सेनाको प्रयोग गरेर प्रदर्शनहरू दबाउने प्रयासका लागि कानुनी चुनौती र आलोचना खेप्नुपरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“मैले मेरो सम्पूर्ण प्रशासनलाई यो प्रयासमा उपलब्ध सबै स्रोत प्रयोग गर्न निर्देशन दिएको छु।” साथै, उनले “ अमेरिकाको आन्तरिक शान्तिलाई विफल पार्न खोज्ने कुनैपनि व्यक्तिलाई देशभित्र प्रवेश गर्न नदिने” वाचा पनि उनले गरेका छन्।

ड्रग एनफोर्समेन्ट एड्मिनिस्ट्रेसन (डीइए) र इमिग्रेशन एण्ड कस्टम्स एनफोर्समेन्ट (आइस) लगायतका संघीय निकायहरूलाई सम्बोधन गर्दै उनले लेखेका छन्, “तपाईंहरूलाई मेरो दृढ समर्थन छ। उनले अघि बढ्न र काम सम्पन्न गर्न निर्देशन समेत दिएका छन ।

यो पोस्ट ट्रम्पको ७९औं जन्मदिनका दिन, १४ जुनमा वाशिंगटन डीसीमा आयोजित सेनाको २५०औं वार्षिकोत्सव समारोहकै दिन आएको हो। सोही दिन “नो किंग्स” नामक आन्दोलनले लस एन्जलसदेखि न्युयोर्कसम्मका विभिन्न सहरहरूमा प्रदर्शन गरेका थिए।

सल्ट लेक सिटी, युटाहमा आयोजित नो किंग्स मार्चमा गोली चल्दा एक जनाको मृत्यु भएको थियो।

संघीय आप्रवासन अधिकारीहरूसँग सीमित सहयोग गर्ने स्यान्क्चुरी सहरहरू लाई प्रमुख निशाना बनाउन आप्रवासन अधिकारीहरूलाई उनले आदेश दिएका छन्। यिनै सहरहरू प्रदर्शनको केन्द्र बनेका छन् । संघीय तथा राज्य सरकारबीचको तनावको स्रोत बनेका छन्।

यी सहरका अधिकारीहरूले गैरकानुनी आप्रवासीहरूलाई कानुनी संरक्षण दिने अधिकारको बचाव गर्दै आएका उनको आरोप रहेको छ ।

यो नयाँ आदेशले ट्रम्पको चुनावी अभियानको एउटा प्रमुख प्रतिज्ञा—“अमेरिकाको इतिहासमै आपराधिक आप्रवासीहरूको सबैभन्दा ठूलो निर्वासन कार्यक्रम”—लाई कार्यान्वयन गर्ने संकेत दिन्छ।

२०२४ को निर्वाचनपूर्व गरिएका जनमत सर्वेक्षणहरूले यो नीति व्यापक रूपमा लोकप्रिय देखाएका थिए, तर कार्यक्रमको विस्तारसँगै विरोध प्रदर्शनहरू पनि तीव्र भएका छन्।

नयाँ आदेश आउनुअघि ट्रम्प प्रशासनले होटल, फार्म, रेष्टुराँ र मासु उद्योगजस्ता स्थानहरूमा छापा हाल्ने कार्य अस्थायी रूपमा रोक्न निर्देशन दिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com