इजरायली आक्रमणमा इरानका शीर्ष सैन्य कमान्डर सलामी र दुई आणविक वैज्ञानिक मारिए


प्रकाशित मिति : जेष्ठ ३०, २०८२ शुक्रबार

इजरायलले इरानमाथि गरेको हवाई आक्रमणमा कयौं वरिष्ठ इरानी सैन्य अधिकारीहरू र आणविक वैज्ञानिकहरू मारिएका छन । इरानी सरकारी सञ्चारमाध्यमहरूले घटनाको पुष्टि गरेका छन्।

इरानको राज्य सञ्चारमाध्यमअनुसार इस्लामिक रिभोल्युशनरी गार्ड्स का कमाण्डर इन चीफ हुसैन सलामीको इजरायली आक्रमणमा मृत्यु भएको छ । खातम अल अन्बिया सेन्ट्रल हेडक्वार्टरका कमाण्डर गोलामअली रशिदको पनि ज्यान गएको छ ।

आणविक वैज्ञानिक तथा इरानको आणविक ऊर्जा संगठनका पूर्व प्रमुख फरेइदुन अब्बासी पनि इजरायली आक्रमणमा मारिएका छन । आणविक हतियार कार्यक्रममा संलग्न आणविक वैज्ञानिक मोहमद मेहदी तेहरान्चीको पनि ज्यान गएको छ । इरानी सशस्त्र सेनाका चिफ अफ स्टाफ मोहमद बाघेरी गम्भीर घाइते भएका छन ।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईका वरिष्ठ सल्लाहकार अली शमखानी पनि गम्भीर घाइते भएको इरानी रिपोर्टहरूमा जनाइएको छ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

इजरायलले इरानको आणविक कार्यक्रम रोक्न भन्दै अपरेसन राइजिङ लायन नामक सैन्य अभियान सुरु गरेको बताएको छ । यो अभियानको क्रममा इजरायलले इरानमाथि आक्रमण केन्द्रीत गरेको हो ।

इरानका सर्वोच्च नेता अली खामेनेई ले आक्रमणको कडा निन्दा गर्दै “यो अपराधले जिओनवादी शासनमाथि पीडादायक अवस्था ल्याउनेछ, र उसले त्यसको सामना अवश्य गर्नेछ ” भनेका छन ।

इजरायलका रक्षामन्त्री इजरायल काट्ज ले राष्ट्रिय आपतकाल घोषणा गर्दै इरानबाट छिट्टै क्षेप्यास्त्र र ड्रोन आक्रमणको सम्भावना रहेकोले नागरिकहरू सतर्क रहन आव्हान गरेका छन ।

इरानी समाचार च्यानलहरूका अनुसार राजधानी तेहरानमा विस्फोटपछि धुँवा उठिरहेको दृश्य देखिएको छ । प्रमुख यूरेनियम संवर्द्धन केन्द्र रहेको शहर नतांज , पानी रिएक्टर रहेको स्थल खान्दाब र ब्यालिस्टिक मिसाइल बेस रहेको क्षेत्र खोरामाबादमा इजरायलले निशाना बनाएको छ ।

तेलको मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । विश्वबजारमा युद्धको आशंकाले उथलपुथल ल्याएको छ। अमेरिकी स्टक बजारमा गिरावट आएको छ ।

इरानले अमेरिकामाथि गम्भीरता नदेखाएको र इरानको “शान्तिपूर्ण आणविक प्रविधिको अधिकार” उल्लंघन गरेको आरोप लगाएको छ।

इजरायलको आक्रमणले इरानको सैन्य तथा आणविक पूर्वाधारलाई ठूलो क्षति पुर्याएको छ । यता इरान बदला लिने प्रतिज्ञामा उत्रिएको छ ।

क्षेत्रीय युद्धको संकेत बलियो बन्दै गइरहेको यो अवस्थामा अबको प्रतिक्रियाले मध्यपूर्वमा शान्ति वा विस्फोटक संघर्ष कुन दिशातर्फ जानेछ भन्ने निर्धारण गर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com