प्यालेस्टाइनी राज्यका लागि मुस्लिम देशहरूले आफ्नो भूमि दिनुपर्ने अमेरिकी प्रस्ताव


प्रकाशित मिति : जेष्ठ २७, २०८२ मंगलबार

DORAL, FLORIDA – JANUARY 27: U.S. President Donald Trump acknowledges the crowd as House Majority Whip Tom Emmer (R-MN) (L) and House Speaker Mike Johnson (R-LA) applaud after Trump addressed the 2025 Republican Issues Conference at the Trump National Doral Miami on January 27, 2025 in Doral, Florida. The three-day planning session was expected to lay out Trump’s ambitious legislative agenda. Joe Raedle/Getty Images/AFP (Photo by JOE RAEDLE / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

इजरायलका लागि अमेरिकी राजदूत माइक हक्काबीले भविष्यको प्यालेस्टाइनी राज्यका लागि ‘मुस्लिम देशहरूले आफ्नो भूमि दिनुपर्ने’ प्रस्ताव गरेका छन् ।

मुस्लिम देशहरू सँग इजरायलले नियन्त्रण गर्ने जमिनभन्दा ६४४ गुणा बढी भूभाग रहेको भन्दै उनले यदि साँच्चै प्यालेस्टाइनी राज्यको चाहना छ भने मुस्लिम देशहरु तयार हुनुपर्ने बताए । यदि उनीहरु तयार भएभने अमेरिकाले स्वागत गर्ने उनको दावी रहेको छ ।

हक्काबीले दुई राज्य समाधानको अवधारणाले कब्जामा लिइएको वेस्ट बैंक र गाजामा एउटा स्वतन्त्र प्यालेस्टाइनी राज्य बनाउने कल्पना गर्दछ, जसको राजधानी पूर्वी जेरुसेलम हुनेछ, र त्यो इजरायलसँगै अस्तित्वमा रहनेछ भनेका छन ।

यसअघि हक्काबीले अमेरिका अब स्वतन्त्र प्यालेस्टाइनी राज्यको लक्ष्य पछ्याइरहेको छैन भनेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले पछि स्पष्ट पारिन् कि राजदूत हक्काबी ‘आफ्नै तर्फबाट बोलिरहेका’ हुन्, र अमेरिकी विदेश नीति राष्ट्रपति मार्फत तय हुन्छ भनेर प्रष्ट पारेकी थिइन ।

यसै महिनाको अन्त्यमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा फ्रान्स र साउदी अरबका कूटनीतिज्ञहरूले एउटा सम्मेलन आयोजना गर्दैछन् । जसले भविष्यको प्यालेस्टाइनी राज्यका लागि रोडम्याप तयार पार्ने उद्देश्य राखेको छ ।

हक्काबीले उक्त सम्मेलनलाई “असामयिक र अनुपयुक्त” भन्दै आलोचना गरे । उनले भने, “युरोपेली मुलुकहरूले युद्धको बीचमा यस्तो योजना थोपर्नु पूर्णतः भ्रमपूर्ण छ, जसले इजरायललाई अझ असुरक्षित बनाउनेछ।”

इजरायली सरकारले अन्तिम समाधान केवल प्यालेस्टाइनीहरूसँगको वार्ताबाटै आउन सक्छ र राज्य स्थापना पूर्वशर्त हुनु हुँदैन भनेको छ । हक्काबी पहिले पनि “ग्रेटर इस्रायल” अवधारणाका समर्थक रहँदै आएका छन् ।

जसले कब्जामा लिइएको प्यालेस्टाइनी भूभागमा स्थायी इजरायली नियन्त्रणको पक्ष लिन्छ । उनले वेस्ट बैंकलाई बाइबलीय नाम “जुडिया र समारिया” भनेर चिनाउने गरेका छन्।

गाजामा हाल जारी युद्ध अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गर्दै करिब १ हजार २०० जनाको हत्या र २५१ जनालाई बन्धक बनाएपछि सुरु भएको हो।

हालसम्म हमासले गाजामा कम्तीमा ५४ हजार ९२७ प्यालेस्टाइनी मारिएको बताएको छ । जसमा संयुक्त राष्ट्रसंघका अनुसार एक चौथाइभन्दा बढी बालबालिका छन्।
हाल गाजामा ५६ जना इजरायली बन्धक रहेका छन् । जसमा कम्तीमा २० जनालाई जीवित मानिन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com