इजरायली प्रधानमन्त्रीले भने – बन्धकहरूको रिहाइका लागि भएका प्रयासहरूमा महत्त्वपूर्ण प्रगति


प्रकाशित मिति : जेष्ठ २७, २०८२ मंगलबार

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले मङ्गलबार गाजामा बाँकी बन्धकहरूलाई रिहा गर्नका लागि गरिएका प्रयासहरूमा ‘महत्त्वपूर्ण प्रगति’ भएको बताएका छन्। उनले आफ्नो कार्यालयबाट साझा गरिएको भिडियो बयानमा यो कुरा उल्लेख गरेका हुन् । यद्यपि, सम्झौता हुने आशा जगाउन ‘अझै चाँडो’ रहेको र विवरणहरू खुलाउन अस्वीकार गरे।

हमास नेतृत्वको समूहले सन् २०२३ अक्टोबरमा इजरायलमा आक्रमण गरी १,२०० मानिसहरूको हत्या र २५१ बन्धकहरूलाई गाजामा लगेपछि युद्ध सुरु भएको थियो। इजरायली तथ्याङ्कअनुसार अहिले पनि ५५ बन्धकहरू गाजामा छन्। जवाफमा, इजरायलले सैन्य अभियान सुरु गर्‍यो, जसले गाजा स्वास्थ्य अधिकारीहरूका अनुसार ५४,००० भन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिइसकेको छ।

अमेरिका, इजिप्ट र कतारले गाजामा युद्धविराम पुनर्स्थापना गर्न अथक प्रयास गरिरहेका छन्। अमेरिकाले ६० दिनको युद्धविराम प्रस्ताव गरेको छ, जसलाई इजरायलले स्वीकार गर्ने संकेत दिएको छ। तर, हमासले उक्त प्रस्तावमा संशोधन खोजेको छ र युद्धको स्थायी अन्त्यको बदलामा मात्र सबै बन्धकहरू रिहा गर्ने अडान लिएको छ।

इजरायलको नेतृत्वले बाँकी बन्धकहरू रिहा नभएसम्म र हमास, जसले सन् २००७ देखि गाजा शासन गर्दै आएको छ, पूर्ण रूपमा नष्ट नभएसम्म युद्ध जारी राख्ने बताएको छ। अर्कोतर्फ, हमासले युद्धपछि प्यालेस्टिनी, गैरपक्षीय प्राविधिक समितिले शासन सम्हालेमा आफूले गाजाको शासन छोड्ने, तर हतियार नत्याग्ने अडान राखेको छ। दुवै पक्षले सम्झौता नहुनुको दोष एकअर्कालाई लगाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वार्ताबारे जानकार एक स्रोतका अनुसार, वासिङ्टनले हमासलाई युद्ध अन्त्य गर्ने कदमहरूको रूपमा थप आश्वासन दिइरहेको छ। स्रोतले अमेरिकी अधिकारीहरू आशावादी रहेको, तर इजरायली पक्ष भने सतर्क रहेको बताए। वासिङ्टनबाट चाँडोभन्दा चाँडो सम्झौता गर्न दबाब रहेको उल्लेख छ।

ह्वाइट हाउस राष्ट्रिय सुरक्षा परिषद् र अमेरिकी दूत स्टिभ विटकफका प्रतिनिधिहरू, जसले युद्धविराम वार्तामा अमेरिकी प्रयासको नेतृत्व गरिरहेका छन् । इजरायली प्रधानमन्त्री नेतान्याहू आफ्नो दक्षिणपन्थी गठबन्धनभित्रबाट युद्ध जारी राख्न र गाजामा मानवीय सहायता प्रवेश रोक्न दबाबको सामना गरिरहेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com