आगामी समरदेखि अमेरिकामा डिजिटल सोसल सेक्युरिटी नम्बर, कसरी पहुँच कायम गर्ने?


प्रकाशित मिति : जेष्ठ २६, २०८२ सोमबार

Photo by DonkeyHotey on Flickr. License: Attribution 2.0 Generic (CC BY 2.0)

अमेरिकाको सामाजिक सुरक्षा प्रशासनले यसै समरदेखि अनलाइन एकाउन्ट भएका व्यक्तिहरूले आफ्नो डिजिटल सोसल सेक्युरिटी नम्बरमा अनलाइन पहुँच पाउने व्यवस्था गर्न लागेको छ। पहुँचलाई सरल बनाउने, कागजी कार्ड प्रयोग घटाउने र डेटा सुरक्षा सुदृढ गर्ने उद्देश्यले यो उपाय अपनाउन लागिएको हो।

सामाजिक सुरक्षा प्रशासनले ‘माइ सोसल सेक्युरिटी’ पोर्टलमार्फत सुरक्षित डिजिटल पहुँच प्रदान गर्नेछ। यदि तपाईंले आफ्नो सोसल सेक्युरिटी नम्बर बिर्सनुभयो, कार्ड हराउनुभयो, वा जागिर आवेदन, वित्तीय सेवा लगायतका कार्यका लागि नम्बर आवश्यक पर्न आयो भने मोबाइल उपकरणमार्फत अनलाइन हेर्न सकिनेछ।

यस कदमले प्रयोगकर्तालाई आफ्नो सोसल सेक्युरिटी नम्बर सुरक्षित र सहज रूपमा हेर्न दिने समाधान उपलब्ध गराउनेछ। साथै, हुलाकबाट कार्ड प्राप्त गर्दा लाग्ने ढिलाइ वा स्थानीय कार्यालय जानुपर्ने बाध्यता पनि हट्नेछ।

हाल अमेरिकामा सोसल सेक्युरिटी कार्डका ४७ भिन्न संस्करणहरू प्रचलनमा छन्। तीमध्ये केही सन् १९८३ अघि जारी भएका हुन्, जसमा आधारभूत सुरक्षा सुविधा अभाव देखिन्छ, जसले जालसाजी तथा दुरुपयोगको जोखिम बढाउँछ। डिजिटल नम्बरको व्यवस्था गर्न लाग्नुको एक कारण यही पनि हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोसल सेक्युरिटी नम्बर व्यक्तिको नामसँग जोडिएको एक अत्यन्त संवेदनशील पहिचान हो। जब कार्ड हराउँछ, चोरी हुन्छ वा लापरवाहीपूर्वक ह्यान्डल गरिन्छ, त्यसले पहिचान चोरी, धोखाधडी र खाता टेकओभरको जोखिम निम्त्याउँछ। त्यसैले डिजिटल नम्बरमार्फत सुरक्षित पहुँच दिने उपाय ल्याउन लागिएको हो।

यसबाहेक, धेरै अमेरिकीहरूले अब आफ्ना फोन वा कम्प्युटरमार्फत सरकारी सेवाहरूमा पहुँच गर्ने अपेक्षा राख्छन्। कार्यालयमा लामो लाइन र हुलाकबाट प्रक्रिया गर्दा हुने ढिलाइका कारण छिटो सेवा पाउन गाह्रो भएकोले डिजिटल पहुँच आवश्यक भएको हो।

डिजिटल सोसल सेक्युरिटी नम्बरको सेवा २०२५ को समरको सुरुवातमा उपलब्ध हुनेछ। पहिले नै ‘माइ सोसल सेक्युरिटी’ एकाउन्ट भएकाहरूले रोलआउटपछि सो सेवा प्रयोग गर्न सक्नेछन्।

एकाउन्ट नभएकाहरूले अनलाइन एकाउन्ट खोल्नुपर्नेछ। पहिचान प्रमाणीकरणपछि युजरनेम र पासवर्ड बनाएर सुरक्षित तरिकाले डिजिटल नम्बर हेर्न सकिनेछ। यसलाई सुरक्षित राख्न बलियो पासवर्ड प्रयोग गर्न, सार्वजनिक वाईफाई नचलाउन, भरपर्दो एन्टीभाइरस सफ्टवेयर प्रयोग गर्न, क्रेडिट र बैंक खाताको निगरानी गर्न, क्रेडिट रिपोर्ट नियमित चेक गर्न र आईआरएसमार्फत पहिचान सुरक्षा पिन अनुरोध गर्न सुझाव दिइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com