अमेरिकामा अध्ययनरत भारतीय छात्रा नक्कली आइस अधिकारीको शिकार, यसरी लुटियो ५००० डलर


प्रकाशित मिति : जेष्ठ २५, २०८२ आईतबार

अमेरिकामा अध्ययनरत एक भारतीय विद्यार्थी ठगीको शिकार भएकी छन्।आफुलाई आप्रवासन र सीमाशुल्क प्रवर्तन (आइस) अधिकारी भनेर चिनाउने ठगहरूले उनीसँग ५ हजार अमेरिकी डलर बराबरको ठगी गरेका छन्। घटना राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन अन्तर्गत आप्रवासन कानून कडाइका साथ लागू भइरहेका बेला भएको हो।

भारतकी छात्रा श्रेया बेदी, सन् २०२२ मा एफ- १ भिसा लिएर अमेरिका गएकी थिइन्। उनले इन्डियाना युनिभर्सिटी ब्लुमिङटनमा ह्युमन-कम्प्युटर इन्टरेक्शन विषयमा स्नातकोत्तर अध्ययन गरिरहेकी छिन्।

मे २९, २०२५ को दिन उनी एक फोन कलको शिकार बनिन्, जसले उनको जीवनलाई एकाएक अस्तव्यस्त बनाइदियो। फोनमा रहेका व्यक्तिहरूले आफूलाई आइस अधिकारी भन्दै उनलाई डर देखाउन थाले।

फोन गर्ने व्यक्तिले श्रेयालाई भन्यो, उनले आफ्नो आप्रवासन नम्बर रिपोर्ट नगरेको कारण उनले अमेरिका कानून उल्लंघन गरिरहेकी छन्। उसले आफ्नो नाम र ब्याज नम्बर दिएर, ice.gov वेबसाइटमा गई मेरिल्यान्डस्थित आइस अफिस जाँच्न सुझायो। त्यहाँ दिइएको नम्बर ठगले प्रयोग गरिरहेको स्पूफ गरिएको नम्बरकै मिल्दोजुल्दो थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त फोन कलपछि दोस्रो व्यक्ति उनलाई अर्को नम्बरबाट फोन गर्छ र आफू ओलिम्पिया प्रहरी विभागमा कार्यरत अधिकारी भएको बताउँछ। उसले भन्यो, आइसले श्रेयाको केस छानबिनमा राखेको प्रमाण नभएमा उनको नाममा पक्राउ पुर्जी जारी गरिनेछ।

श्रेयालाई तीन घण्टासम्म फोनमा राखियो। उनीहरुलाई बारम्बार भनियो, “फोन काट्न पाइँदैन, कसैसँग कुरा गरेमा तपाईंको मुद्दा झन् जटिल हुन्छ। तपाईंको फोन निगरानीमा छ।”

भय र त्रासका कारण उनले टार्गेट र एप्पल स्टोरबाट ५,००० डलर बराबरको गिफ्ट कार्ड किनिन् र त्यसका कोड ठगलाई फोनमा नै दिइन्। उनलाई भनिएको थियो कि एक प्रहरी अधिकारीले ती कार्ड र बन्ड कागजात लिन आउनेछन्, तर त्यो कहिल्यै भएन।

घर फर्कंदै गर्दा उनलाई आफू ठगिएको महसुस भयो। उनले आफ्नो यो अनुभव एकजना साथीलाई सुनाइन्, जसले सामाजिक सञ्जालमा यस्ता ठगीका घटना रिपोर्ट भइरहेको जानकारी गराए।

आफ्नो आर्थिक अवस्था गुमाएपछि श्रेयाले गोफन्डमी मार्फत सहयोग संकलनको पहल गरेकी छिन्। उनले अन्य अन्तर्राष्ट्रिय विद्यार्थीलाई सचेत रहन र यस्ता स्क्याममा नपर्न अनुरोध गरेकी छन्।

अमेरिकाको आप्रवासन निकाय आइसले घटनाको कडा निन्दा गर्दै यस्तो नक्कली व्यवहार गैरकानुनी र खतरनाक भएको स्पष्ट पारेको छ।

” आइस आफ्ना अधिकारी वा एजेन्टहरूको नक्कल गर्ने कार्यको कडा शब्दमा निन्दा गर्दछ। यो कार्य खतरनाक मात्र होइन, गैरकानूनी पनि छ। ठगी गर्नेहरूलाई राज्य/स्थानीय स्तरमा साथै संघीय रूपमा (१८ यूएससी ९१२ अन्तर्गत) विभिन्न आपराधिक अपराधहरूको आरोप लगाउन सकिन्छ”, आइस प्रवक्ताले भने।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com