वाशिङटन डी सी को नर्थवेस्ट क्षेत्रमा गोली र छुरा प्रहार


प्रकाशित मिति : जेष्ठ २५, २०८२ आईतबार

अमेरिकाको वाशिङटन डी सी को नर्थवेस्ट क्षेत्रमा एकजना पुरुषमाथि गोली प्रहार भएको छ । अरु दुई किशोरलाई छुरा प्रहार गरिएको छ ।

डी सी प्रहरीले जनाए अनुसार शनिबार साँझ करिब ७ बजे डुपन्ट सर्कल पार्कमा किशोरहरूको एउटा समूहबीच झगडा भएको थियो ।

उक्त झगडामा दुई जना किशोरहरू छुरा प्रहारबाट घाइते भएका थिए । छुरा प्रहारबाट घाइते ति किशोरहरुलाई अस्पताल लगिएको छ ।

डुपन्ट सर्कलको दक्षिणतर्फ १९ औं स्ट्रिटमा एक जना पुरुषको खुट्टामा गोली प्रहार भएको छ । घाइते पुरुषलाई अस्पताल लगिएको र उनको अवस्था स्थिर रहेको बताइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पक्राउ तथा अनुसन्धानको क्रममा डी सी प्रहरीले पार्कमा उपस्थित भिडलाई तितरबितर बनाएको थियो ।

परिवहन प्राधिकरणका अनुसार अनुसन्धानका कारण डुपन्ट सर्कल मेट्रो स्टेशनको १९ औं स्ट्रिट प्रवेशद्वार अस्थायी रूपमा बन्द गरिएको छ।

यो घटना विश्व प्राइड उत्सवसँग सम्बन्धित छ वा छैन भन्ने अझै पुष्टि भएको छैन । डी सी मा केहि दिन पहिला भएको गोलीकाण्डमा इजरायली दूतावासका २ जना कर्मचारीको हत्या भएको थियो ।

घटनापछि राजधानीको क्षेत्रमा सुरक्षा व्यबस्था कडा बनाइएको थियो । तर गोलीवारीमा घटनाहरु भने भइरहेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com