गाजाका सार्वजनिक अस्पतालमा सेवा ठप्प, बिरामीको बिचल्ली


प्रकाशित मिति : जेष्ठ ४, २०८२ आईतबार

XINHUA PHOTOS OF THE DAY

उत्तर गाजाका सबै सार्वजनिक अस्पताल सेवा दिन नसक्ने अवस्थामा पुगेका छन् । हमासको स्वास्थ्य मन्त्रालयको भनाइ अनुसार सार्वजनिक अस्पतालहरुमा हमला केन्द्रीत भएपछि सेवा दिन नसक्ने अवस्थामा पुगेका हुन ।

इजरायली सेना उत्तर गाजा क्षेत्रमा कब्जा जमाउने अभियान जारी राखिरहँदा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले उत्तर गाजाका सबै सार्वजनिक अस्पतालहरू सेवा बाहिरू रहेको जनाएको हो ।

मन्त्रालयले जनाएअनुसार, इन्डोनेसियाली अस्पताललाई बेइट लाहियामा इजरायली सेनाले घेराबन्दी गर्दै भारी गोलीबारीू गरिरहेको छ ।

गोलाबारीका कारण बिरामी, स्वास्थ्यकर्मी, र आपूर्तिहरू पुग्न नसकेको अवस्था रहेको छ। यो अस्पताल उत्तर गाजामा सञ्चालनमा रहेको अन्तिम सार्वजनिक अस्पताल थियो।

इजरायली सेनाले शनिबार ूगिडिओन्स चारियट अपरेशनू सुरु गरेको घोषणा गरेको थियो । जुन पछिल्ला केही महिनामा गाजामाथिको सबैभन्दा घातक हवाई आक्रमणहरूमध्ये एक भएको बताइएको छ।

एक प्यालेस्टिनी अधिकारीले शनिबार नयाँ वार्तापछि हमासले ६० दिनको युद्धविराम र प्यालेस्टिनी बन्दीहरूको रिहाइको सन्दर्भमा नौ जना बन्धकहरू रिहा गर्ने प्रस्ताव गरेको बताएका छन ।

स्वास्थ्य मन्त्रालयले बेइट हानुन अस्पताल र कमाल अदवान अस्पतालको विनाशपछि, र इन्डोनेसियाली अस्पताल सेवा बाहिर भएपछि, उत्तर गाजा क्षेत्रमा कुनै पनि सार्वजनिक अस्पताल अब सञ्चालनमा नरहेको बताएको छ ।

गाजामा हमासलाई लक्षित गरेर इजरायलले हमलालाई तिब्र बनाएको छ । इजरालयको हमला तिब्र भएपछि हमासले वार्ताका लागि प्रस्ताव गरेको थियो ।

वार्ता भइरहेकै बेला युद्ध पनि जारी रहेकाले युद्धविरामको संभावना कम हुदै गएको देखिन्छ । यस अघि भएको युद्धविराम एक अर्काले तोडेको आरोप लगाएका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com