केन्टकी र मिसौरीमा टोर्नाडो,कम्तीमा १६ को मृत्यु
प्रकाशित मिति : जेष्ठ ३, २०८२ शनिबार

ROLLING FORK, MS – MARCH 25: Damage from a series of powerful storms and at least one tornado is seen on March 25, 2023 in Rolling Fork, Mississippi. At least 26 people have reportedly been killed with dozens more injured following devastating storms across western Mississippi and Alabama on Friday night. Will Newton/Getty Images/AFP (Photo by Will Newton / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)
अमेरिकाका दुई राज्यहरूमा टोर्नाडोले ठूलो विनाश मच्चाउँदा कम्तीमा १६ जनाको ज्यान गएको छ।
केन्टकी राज्यमा ९ जना र मिसौरीमा ७ जनाको मृत्यु भएको पुष्टि गरिएको छ । मिसौरीमा मृत्यु भएका मध्ये पाँच जना सेंट लुइस शहरका रहेका छन ।
केन्टकीको साउथ ईस्ट क्षेत्रमा पर्ने लरेल काउन्टीमा टोर्नाडोले आक्रमण गर्दा ठूलो जनधनको क्षति भएको अधिकारीहरूले बताएका छन्। मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
मिसौरी राज्यका अधिकारीहरूले ५ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त भएको बताएका छन । धेरै घरहरूको छाना उडेको र विद्युत लाइनहरू बिच्छेद भएका जनाएका छन्। सेंट लुइसमा शुक्रबार टोर्नाडोले विनाश ल्याएको हो।
सेंट लुइस शहरमा टोर्नाडोपछि भित्ताहरू ढलेका र घरहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्। दुई बासिन्दाहरू क्षतिग्रस्त घरबाट आफ्ना सामानहरू बोक्दै गरेका देखिन्छन्। धेरै घरका माथिल्ला तल्लाका कोठाहरू खुल्ला भएका छन्।
करीब १ लाख घरधुरी विद्युतविहीन भएका छन् । सेंट लुइस फायर डिपार्टमेन्टले सबैभन्दा प्रभावित क्षेत्रमा घर घर गएर उद्धार कार्य गरेको जनाएको छ।
राडार संकेतअनुसार टोर्नाडो स्थानीय समय अनुसार दिउँसो साढे २ बजे सेंट लुइसको पश्चिम भागमा रहेको फरेस्ट पार्क नजिकैबाट सुरु भएको थियो। यही क्षेत्र सेंट लुइस जू र १९०४ ओलम्पिक खेलकूद स्थल पनि हो।
सेंट लुइसको सेन्टेनियल क्रिस्टियन चर्चको केही भाग भत्किँदा तीन जनालाई उद्धार गर्नु परेको थियो । जसमा एक जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
क्षति धेरै भएको दुई क्षेत्रहरूमा रातभर कर्फ्यु लगाइएको थियो । सेंट लुइसकी मेयर कारा स्पेन्सरले ज्यानको क्षति र विनाश साँच्चिकै भयानक रहेको बताएकी छन । हामीसँग धेरै काम बाँकी छ, तर अहिले हामी जीवन बचाउने र समुदायलाई सुरक्षित राख्न केन्द्रित छौं उनले भनेकी छन ।
अमेरिकी राष्ट्रिय मौसम सेवा का अनुसार टोर्नाडोले छिमेकी इलिनोइस राज्यमा पनि प्रभाव पारेको छ । खराब मौसम पूर्वतिर एटलान्टिक किनारासम्म फैलिएको मौसम सेवाले बताएको छ।