असंवैधानिक हस्तक्षेप बन्द गर्न ट्रम्प प्रशासनसँग हार्वर्ड विश्वविद्यालयको आग्रह


प्रकाशित मिति : बैशाख ३०, २०८२ मंगलबार

अमेरिकाको हार्वर्ड विश्वविद्यालयले संघीय सरकारको अत्यधिक हस्तक्षेपले विश्वविद्यालयका प्रमुख उदेश्यहरुमा बाधा पुराएको बताएको छ ।

विश्वविद्यालयका अन्तरिम अध्यक्ष एलन गार्बरले शिक्षामन्त्री लिण्डा म्याकमाहोनलाई पत्र लेख्दै असंवैधानिक हस्तक्षेप बन्द गर्न आग्रह गरेका हुन ।

विभेदविरुद्धको लडाइँ र क्याम्पसमा विचारहरूको विविधतालाई प्रोत्साहन गर्ने उद्देश्यमा ट्रम्प प्रशासनसँग साझा उद्देश्य राखे पनि, संघीय सरकारको असंवैधानिक हस्तक्षेपले यी लक्ष्यहरूमा अवरोध पुगेको पत्रमा अन्तरिक अध्यक्षले लेखेका छन ।

ट्रम्प प्रशासनले हार्वर्डले विद्यार्थी र संकाय आचरण, भर्ना नीति, क्याम्पसमा यहूदीविरोध र विविधता, समानता तथा समावेशिता सम्बन्धी नयाँ नीतिहरू स्वीकार नगरेपछि विश्वविद्यालयलाई संघीय अनुदान तथा सम्झौताबाट वञ्चित गर्ने घोषणा गरेपछि यो बिवाद बाहिर आएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो निर्णयले हार्वर्डलाई २.२ विलियन डलरको अनुदान र ६० मिलियनको संघीय सम्झौता गुमाउने स्थितिमा पुर्याएको छ।

एक साता अघि शिक्षामन्त्री म्याकमाहोनले गार्बरलाई लेखेको पत्रमा विश्वविद्यालयले स्वयंका कानुनी कर्तव्यहरूको निरन्तर उल्लंघन गरेको आरोप लगाएकी थिइन् ।

उनले हार्वर्डले संघीय सरकारसँग अनुदान माग्न छाड्नु पर्ने र अनुदान नदिइने भन्दै पत्रमा उल्लेख गरेकी थिइन ।

म्याकमाहोनले विश्वविद्यालयमा भएको प्रदर्शन, सकारात्मक भर्ना नीतिहरू तथा विदेशी विद्यार्थीहरूको व्यवहारमाथि समेत प्रश्न उठाउँदै हार्वर्डमाथि देशको उच्च शिक्षा प्रणालीको मजाक बनाएको आरोप लगाइन्।

हार्वर्डले अप्रिलमा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गर्दै अनुदान रोक्ने निर्णयलाई पहिलो संशोधनको उल्लंघन भनेको थियो। नयाँ पत्रमा गार्बरले विश्वविद्यालयले नेतृत्वमा परिवर्तन गर्दै आफ्ना नीति सुधारका पहलहरू थालेको उल्लेख गरे।

उनको अन्तरिम अध्यक्ष पदमा नियुक्ति, यहूदी विरोध विरुद्ध कार्यदलको गठन, र बौद्धिक विविधता तथा समावेशिताका पहलहरू समावेश जस्ता सुधारहरु रहेका बताएका छन्।

तर उनले प्रशासनका सबै आरोपहरूलाई स्वीकार भने गरेनन्। गार्बरले “हार्वर्ड न त रिपब्लिकन हो, न डेमोक्र्याटिक। न त कुनै पार्टी वा आन्दोलनको शाखा हो। न त कहिल्यै हुनेछ ” भनेर पत्रमा प्रष्ट पारेका छन ।

विदेशी विद्यार्थीहरूको विषयमा पनि उनले प्रशासनको आरोपलाई अस्वीकार गरे।

विदेशी विद्यार्थीहरु अन्य विद्यार्थीभन्दा बढी हिंसात्मक वा अनुशासनहीन छन् भनेर भन्ने कुनै प्रमाण नरहेको उनले बताए ।

उनीहरू पनि अमेरिकाका विद्यार्थी सरह उत्कृष्ट शिक्षा हासिल गर्न आउने गरेको अन्तरिक अध्यक्षले स्पष्ट पारेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com