पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला


प्रकाशित मिति : बैशाख २९, २०८२ सोमबार

सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य भएको सप्ताहन्तको युद्धविरामपछि भारतले सोमबार ३२ वटा विमानस्थल पुनः खोलेको छ ।

भारतीय विमानस्थल प्राधिकरणका अनुसार भारत प्रशासित काश्मीरको श्रीनगरदेखि पश्चिमी राज्य गुजरातको भुजसम्मका ३२ विमानस्थल अब ‘तत्काल प्रभावबाट’ नागरिक सञ्चालनका लागि उपलब्ध छन् ।

भारत र पाकिस्तानबीच चार दिनसम्म भीषण लडाइँ सुरु भएपछि गत हप्ता ती विमानस्थल बन्द गरिएका थिए । विमानस्थल बन्द गरिएसँगै दुई मुलुकबीचको लडाइँ पूर्ण युद्धमा विकसित हुनसक्ने विश्वव्यापी चिन्ता सिर्जना गरेको थियो ।

प्रमुख भारतीय एयरलाइन इन्डिगोले ‘पहिले बन्द गरिएका मार्गहरूमा क्रमशः सञ्चालन सुरु गर्ने’ बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युद्धविरामको घोषणा शनिबार गरिएको थियो, तर दुवै पक्षले तुरुन्तै एक अर्कामाथि यसको उल्लङ्घन गरेको आरोप लगाएका थिए ।

यद्यपि भारत र पाकिस्तान दुवैले सोमबार सीमावर्ती क्षेत्रहरू शान्त रहेको बताएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com