ट्रम्प र जेलेन्स्कीको ओभल अफिसमा भएको विवादलाई लिएर बाइडेनले गरे आलोचना


प्रकाशित मिति : बैशाख २४, २०८२ बुधबार

अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फेब्रुअरीमा ओभल अफिसमा भएको नाटकीय विवादलाई ‘अमेरिकाको स्तरभन्दा तल’ भएको टिप्पणी गरेका छन्। ह्वाइट हाउस छोडेपछि बीबीसीसँगको पहिलो प्रसारण अन्तर्वार्तामा बाइडेनले ट्रम्पको विदेश नीतिमाथि कडा आलोचना गरे।

उक्त विवादमा ट्रम्प र उनको उपराष्ट्रपति जेडी भान्सले जेलेन्स्कीलाई अमेरिकी सहयोगप्रति कृतज्ञता नदेखाएको आरोप लगाएका थिए। बाइडेनले भने, “यो घटना अमेरिकाको मर्यादाभन्दा तल थियो। ‘गल्फ अफ अमेरिका’, ‘पनामा फिर्ता लिने’ वा ‘ग्रीनल्यान्ड किन्ने’ जस्ता कुराहरू कुन राष्ट्रपतिले गर्छ ? हामी त्यस्ता होइनौं।”

फेब्रुअरीको बैठक कुनै सम्झौताविना समाप्त भएको थियो, तर पछि ट्रम्प र जेलेन्स्की पोप फ्रान्सिसको अन्त्येष्टिमा भेटेका थिए। हाल दुई देशले खनिज सम्झौता गरेका छन्।

बाइडेनले ट्रम्पको युक्रेन युद्ध नीतिलाई ‘आधुनिक समयको तुष्टीकरण’ भन्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनलाई ‘मातृ रूसको हिस्सा’ मान्ने दृष्टिकोणको विरोध गरे। उनले युरोपेली सुरक्षामा अमेरिकाको भूमिका कमजोर हुँदा नाटो गठबन्धनको भविष्य ‘गम्भीर चिन्ता’ को विषय भएको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी रक्षामन्त्री पिट हेग्सेथ र भान्सले युरोपेली रक्षामा अमेरिकी अनुदानको आलोचना गरेका थिए, तर बाइडेनले त्यसलाई खारेज गर्दै भने, ‘९/११ को आक्रमणमा नाटोले हामीलाई साथ दिएको थियो। उनीहरूको कुनै तुक छैन।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com