गएराति कुलेश्वरमा भिषण आगलागी, ४० घर नष्ट
प्रकाशित मिति : आश्विन १५, २०७४ आईतबार

आश्विन १५, २०७४-कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति भिषण आगलागी भएको छ । प्रहरीका अनुसार करिव ११ बजेतिर सुरु भएको आगलागीमा परि करिव ४० घर नष्ट भएको छ ।
मानबहादुर विकको घरबाट दियो बाल्दा आगलागी सुरु भएको बताइएको छ । आगोमा ग्याँस सिलिण्डर पड्किंदा ठुलो ठूलो धमका आएको स्थानीयले बताएका छन् ।
राससका अनुसार आगलागीमा एक चर्च पनि परेको स्थानीयवासीले बताएका छन् । नेपाली सेनाका पाँच वटा दमकलले आगलागी नियन्त्रणमा लिएका थिए ।
Source : Ekantipur
तस्बिरहरु : एलिट जोशी/कान्तिपुर