गएराति कुलेश्वरमा भिषण आगलागी, ४० घर नष्ट


प्रकाशित मिति : आश्विन १५, २०७४ आईतबार

आश्विन १५, २०७४-कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति भिषण आगलागी भएको छ । प्रहरीका अनुसार करिव ११ बजेतिर सुरु भएको आगलागीमा परि करिव ४० घर नष्ट भएको छ ।

मानबहादुर विकको घरबाट दियो बाल्दा आगलागी सुरु भएको बताइएको छ  । आगोमा ग्याँस सिलिण्डर पड्किंदा ठुलो ठूलो धमका आएको स्थानीयले बताएका छन्  ।

राससका अनुसार आगलागीमा एक चर्च पनि परेको स्थानीयवासीले बताएका छन् । नेपाली सेनाका पाँच वटा दमकलले आगलागी नियन्त्रणमा लिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Source : Ekantipur

तस्बिरहरु : एलिट जोशी/कान्तिपुर

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com