ओभल अफिसको तनावपूर्ण वार्तापछि पहिलो पटक ट्रम्प र जेलेन्स्कीको भेट, १५ मिनेट छलफल


प्रकाशित मिति : बैशाख १३, २०८२ शनिबार

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । स्वर्गीय पोप फ्रान्सिसको अन्त्येष्टिका लागि रोममा रहेका दुई राष्ट्रपति भेटवार्ता भएको होे । उनीहरुबीच रूस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने विषयमा गहन छलफल भयो ।

शनिबार भ्याटिकनको सेन्ट पिटर बासिलिकामा भएको यो एक्लाएक्लैको भेटलाई जेलेन्स्कीले ‘ऐतिहासिक सम्भावना बोकेको’ बताएका छन् भने ह्वाइट हाउसले ‘धेरै उत्पादनशील’ भनेका छ । जेलेन्स्कीका अनुसार करिब १५ मिनेट चलेको यो भेटमा कुनै सहयोगी बिना दुई नेताहरूले युक्रेनी जनताको जीवन रक्षा, पूर्ण युद्धविराम र दिगो शान्तिका विषयमा छलफल गरे । सामाजिक सञ्जाल टेलिग्राममा उनले लेखे, ‘हामीले कुरा गरेका विषयहरूबाट नतिजा आउने आशा छ। यो प्रतीकात्मक भेट संयुक्त नतिजासहित ऐतिहासिक बन्न सक्छ।’

यो भेट फेब्रुअरीमा वासिङ्टनको ओभल अफिसमा भएको तनावपूर्ण भेटपछि पहिलो हो । हाल युक्रेन र रूसबीचको युद्ध अन्त्य गर्ने वार्ताहरू महत्वपूर्ण चरणमा छन् । तस्बिरहरूमा ट्रम्प र जेलेन्स्कीलाई बासिलिकाको हलमा नजिकै बसेर कुराकानी गरेको र पछि बेलायती प्रधानमन्त्री केयर स्टार्मर र फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोनसँग सानो समूहमा देखिएको छ ।

पोप फ्रान्सिसको अन्त्येष्टिमा बोल्दै इटालियन कार्डिनल जियोभान्नी बट्टिस्टा रेले भने, ‘युद्धले विश्वलाई सधैं खराब बनाउँछ । यो सबैका लागि दुखद पराजय हो।’ स्वर्गीय पोपले आफ्नो कार्यकालमा युक्रेनसहित शान्तिको खोजीलाई प्राथमिकता दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले युद्धविरामका लागि दबाब दिइरहेका छन् । शुक्रबार उनले आफ्ना दूत र रूसी नेतृत्वबीच मस्कोमा उत्पादनशील वार्ता भएको बताए । तर, वार्ताका दस्तावेजहरूका अनुसार, क्रिमियालाई रूसी क्षेत्रको रूपमा मान्यता दिने अमेरिकी प्रस्तावमा युक्रेन र युरोपेली सहयोगीहरूले असहमति जनाएका छन् । साथै, रूसमाथिको प्रतिबन्ध हटाउने समय, युक्रेनको सुरक्षा ग्यारेन्टी र आर्थिक क्षतिपूर्तिका विषयमा पनि मतभेद छन्।

ट्रम्प र जेलेन्स्कीको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । फेब्रुअरीमा ट्रम्पले जेलेन्स्कीलाई ‘तेस्रो विश्वयुद्धको जुवा खेल्ने’ आरोप लगाएका थिए, भने जेलेन्स्कीले ट्रम्पलाई ‘मस्कोको पक्षमा गलत सूचनाको बबलमा फसेको’ भनेका थिए। तैपनि, शान्ति सम्झौताका लागि दुवै नेताहरूलाई एकअर्काको आवश्यकता छ।

जेलेन्स्कीका प्रवक्ताले शनिबार पछि अर्को भेटको योजना थियो, तर ट्रम्पको व्यस्त तालिकाले त्यो सम्भव नभएको बताए। यो भेटले युक्रेन-रूस युद्धको अन्त्यका लागि नयाँ आशा जगाएको छ, तर चुनौतीहरू कायम छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com