रुसले हटायो २ दशकदेखि ‘आतंकवादी संगठन’को रूपमा सूचीकृत तालिबानमाथिको प्रतिबन्ध


प्रकाशित मिति : बैशाख ४, २०८२ बिहीबार

रूसले तालिबानमाथिको प्रतिबन्ध हटाएको छ । तालिबानलाई रुसले दुई दशकभन्दा बढी समयदेखि आतंकवादी संगठनको रूपमा सूचीकृत गरेको थियो। यो कदमले मस्कोले अफगानिस्तानको नेतृत्वसँग सम्बन्ध सामान्यीकरण गर्ने बाटो खोलेको छ। रूसी राज्य मिडियाका अनुसार, सर्वोच्च अदालतले बिहीबार यो प्रतिबन्ध तत्काल प्रभावबाट हटाएको हो।

सन् २००३ मा रूसले तालिबानलाई आतंकवादी आन्दोलनको रूपमा प्रतिबन्ध लगाएको थियो। सन् २०२१ को अगस्तमा अमेरिका नेतृत्वको फौजको अव्यवस्थित फिर्तीपछि तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो। हालसम्म कुनै पनि देशले तालिबान सरकारलाई औपचारिक मान्यता दिएका छैन। तर, रूसले यो समूहसँग बिस्तारै सम्बन्ध विस्तार गर्दै आएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष तालिबानलाई आतंकवादविरुद्ध लडाइमा सहयोगी भएको बताएका थिए।

रूसले अफगानिस्तानदेखि मध्यपूर्वसम्मका इस्लामिक उग्रवादी समूहहरूबाट सुरक्षा खतरा रहेको ठानेर तालिबानसँग सहकार्यलाई आवश्यक मानेको छ। सन् २०२४ को मार्चमा मस्को बाहिरको एक कन्सर्ट हलमा भएको आक्रमणमा १४५ जनाको मृत्यु भएको थियो, जसको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो। अमेरिकी अधिकारीहरूले यो हमला इस्लामिक स्टेटको अफगान शाखा, इस्लामिक स्टेट खोरासान (आईएसआईएस-के) ले गरेको बताएका थिए । तालिबानले भने अफगानिस्तानमा आईएसको उपस्थिति नष्ट गर्न काम गरिरहेको दाबी गरेको छ।

यद्यपि, पश्चिमी कूटनीतिज्ञहरूले तालिबानको अन्तर्राष्ट्रिय मान्यताको बाटो तबसम्म अवरुद्ध रहने बताएका छन्, जबसम्म उसले महिलाको अधिकारसम्बन्धी नीतिहरूमा परिवर्तन गर्दैन। तालिबानले बालिका र महिलाहरूका लागि स्कूल र विश्वविद्यालयहरू बन्द गरेको छ भने पुरुष अभिभावकबिना उनीहरूको आवतजावतमा कडा प्रतिबन्ध लगाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com