इजरायली राहदानी बोकेर माल्दिभ्समा प्रवेशमा निषेध


प्रकाशित मिति : बैशाख २, २०८२ मंगलबार

माल्दिभ्सले इजरायली राहदानीलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध माल्दिभ्स अध्यागमन ऐनको तेस्रो संशोधन अन्तर्गत लगाइएको हो।

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले मंगलबार (अप्रिल १५, २०२५) मा माल्दिभ्स अध्यागमन ऐनको तेस्रो संशोधनलाई अनुमोदन गरे ।

यस संशोधन मार्फत अध्यागमन ऐनमा नयाँ प्रावधान राखिएको छ। यस अन्तर्गत, इजरायली राहदानी भएका व्यक्तिहरूलाई माल्दिभ्स गणराज्यमा प्रवेशमा प्रतिबन्ध लगाइएको छ।

माल्दिभ्सको राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको हो । यो प्रतिबन्धले प्यालेस्टिनी जनता विरुद्ध इजरायलको अत्याचार र नरसंहारको जवाफ दिने माल्दिभ्स सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच, गाजामा इजरायली सेनाले गरेको आक्रमणको विरोधमा बंगलादेशले आफ्ना नागरिकहरूलाई इजरायल जान प्रतिबन्ध लगाएको छ।

बंगलादेशको अन्तरिम सरकारले राहदानी तथा अध्यागमन विभागलाई राहदानीमा फेरि ‘इजरायलका लागि मान्य छैन’ लेख्न निर्देशन दिएको छ।

२०२१ मा, शेख हसिना सरकारले राहदानीबाट यो लाइन हटाउन आदेश दिएको थियो। त्यतिबेला, अधिकारीहरूले कागजातको अन्तर्राष्ट्रिय मापदण्ड कायम राख्न यो गरिएको बताएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com