‘विश्वका लागि खतरा बन्दै सुपर मलेरिया’


प्रकाशित मिति : आश्विन ११, २०७४ बुधबार

दक्षिण-पूर्वी एसियामा तीव्र गतिमा फैलिरहेको ‘सुपर मलेरिया’ भनिने कडा खालको ‌औंलो रोग विश्वका लागि एउटा खतरनाक जोखिम भएको भन्दै वैज्ञानिकहरुले चेतावनी दिएका छन्।

औंलोको यो खतरनाक परजीवीलाई मुख्य ‌औंलोप्रतिरोधी ‍औषधिले पनि मार्न सक्दैन।

पहिलो पटक कम्बोडियामा देखिएको उक्त औंलो थाइल्याण्ड, लाओसका भागहरु हुँदै दक्षिणी भियतनामसम्म पुगेको छ।

बैंककस्थित माहिडोल-अक्सफोर्ड ट्रपिकल मेडिसिन रिसर्च युनिटले उक्त औंलो रोगको उपचार गर्न नसकिने एउटा वास्तविक खतरा बन्ने जोखिम रहेको बताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भयावह खतरा

औंलो रोग नियन्त्रणसम्बन्धी इकाईका प्रमुख प्राध्यापक आर्जेन डोन्डोर्पले बीबीसीलाई भने, “हामीलाई लाग्छ यो एक भयावह खतरा हो।”

“यो चिन्ताको विषय बनेको छ कि यो पूरै क्षेत्रमा यति छिटो फैलिरहेको छ र हामीलाई डर छ यो अझ फैलिनेछ र अन्त्यमा अफ्रिकासम्म पुग्नेछ।”

‘द ल्यान्चेट इन्फेक्सस डिजिसेस’मा प्रकाशित एउटा पत्रमा अनुसन्धानकर्ताहरुले औषधिप्रतिरोधी बन्दै गएको उक्त औंलो रोगको ‘हालैको भयावह विकासक्रम’बारे विस्तृत रुपमा उल्लेख गरेका छन्।

हरेक वर्ष झण्डै २१ करोड २० लाख करोड मानिस औंलोबाट संक्रमित हुने गर्छन्।

रगत चुस्ने लामखुट्टेहरुका कारण ‌औंलो लाग्ने गर्छ र बालबालिकाको मृत्युको मुख्य कारक हो।

सम्मिश्रण

यसलाई उपचार गर्ने पहिलो रोजाई भनेको आर्टिमिसिन र पाइपरयाक्वयिन नामक दुई ‌औंलोप्रतिरोधी ‌औषधिको सम्मिश्रण हो।

तर आर्टिमिसिन पनि कम प्रभावकारी भएको र उक्त परजीवी अहिले पाइपरयाक्वयिनप्रतिरोधी बन्दै गएको छ।

उपचारको ‘असफलताको दर भयावह’ भएको पत्रमा उल्लेख गरिएको छ।

औंलो

प्राध्यापक डोन्डर्पले भियतनाममा एक तिहाईले उपचार असफल भइरहेको र कम्बोडियाका केही क्षेत्रमा असफलताको दर ६० प्रतिशत नजिक रहेको बताएको छ।

‌औषधिप्रतिरोधी दर अफ्रिका महादेशमा झनै भयावह रहेको जहाँ ‌९२ प्रतिशत औंलोका सबै प्रकारहरु देखिने गर्छन्।

समयअगावै गर्नुपर्ने

धेरै ढिलो हुनुअगावै मेकङ उप-क्षेत्रबाट औंलोलाई निर्मूल पार्नुपर्ने बाध्यता छ।

प्राध्यापक डण्डर्पले थपे, “यो समयविरुद्धको लडाइँ हो। महामारीका रुपमा फैलिनुअघि नै र औंलो रोगलाई फेरि उपचार गर्न नसकिने साथै धेरैको मृत्यु हुनुअगावै औंलोको यो प्रकारलाई निर्मूल पार्नुपर्छ।”

वेलकम ट्रस्ट मेडिकल रिसर्च च्यारिटीका माइकल चू भन्छन्, “औंलोको यो प्रकारको फैलिनु र हालसम्मको सबैभन्दा प्रभावकारी ‍औषधिप्रतिरोधी हुनु चिन्ताजनक छ र यसको जनस्वास्थ्यमाथि गम्भीर असरहरु पर्दछ।”

“करिब सात लाख मानिस ‌औंलोसहितको विभिन्न औषधिप्रतिरोधी संक्रमणहरुका कारण मर्ने गर्छन्।”

“यदि केही नगरिएमा यो संख्या बढेर सन् २०५० सम्म हरेक वर्ष लाखौँ मानिसको मृत्यु हुनेछ।”

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com