तेस्रो पटक राष्ट्रपति बन्न चाहेको ट्रम्पको खुलाशा, संभव होलात ?


प्रकाशित मिति : चैत्र १८, २०८१ सोमबार

TOPSHOT – US President Donald Trump points to a television crew as he walks to board Air Force One as he departs Joint Base Andrews in Maryland on February 28, 2025, en route to his Mar-a-Lago resort in Palm Beach, Florida. (Photo by ROBERTO SCHMIDT / AFP)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा तेस्रो कार्यकालका लागि प्रयास गर्ने मुड बनाएको बताएका छन ।

उनले तेस्रो कार्यकालका लागि प्रतिश्पर्धा गर्नका लागि देखिन सक्ने संवैधानिक रोकावटलाई तोड्ने तरिकाका वारेमा पनि सोचिरहेको बताएका हुन । उनको दोस्रो कार्यकाल २०२९ को सु्रुमा सकिन्छ ।

एयर फोर्स वनमा रिपोर्टरहरूसँग कुरा गर्दै ट्रम्पले धेरैजनाले तेस्रो कार्यकालको लागि आग्रह गरेको सुनेको दावी गरेका थिए ।

उनको पहिलो कार्यकाल सन २०२० सम्म रहेको थियो । त्यसबेला भएको चुनावमा ट्रम्प डेमोक्र्याटस जो बाइडेनसँग पराजित भएका थिए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

ट्रम्पले उक्त चुनावमा आफु पराजित नभएर धाँधली गरेर हराइएको भन्दै आफनो बचाउ गर्दै आएका छन ।

ट्रम्पले तेस्रो कार्यकालको बारेमा कुरा गर्न नखोजेको बताए पनि नागरिकहरुले भने अपेक्षा गरेको दावी गरेका छन ।

उनले भने समय धेरै बाँकी छ र संभावना पनि जिवित नै रहेको छ । हाँसोका लागि होइन यो कुरा सत्य सावित गर्नका लागि मैले भनेको हो ट्रम्पले भनेका छन ।

१९५१ मा फ्र्याङ्कलिन डी रूजवेल्ट चार पटक लगातार राष्ट्रपतिमा निर्वाचित भएपछि संविधानमा २२ औं संशोधन गरिएको थियो ।

सशोधन भए अनुसार अव कुनै पनि व्यक्ति राष्ट्रपति पदमा दुई पटक भन्दा बढी निर्वाचित हुन पाउने संभावना छैन ।

न्युयोर्कका डेमोक्र्याट प्रतिनिधि ड्यानियल गोल्डम्यानले ट्रम्पको पछिल्लो अभिव्यक्तिलाई सरकार कब्जा र लोकतन्त्रलाई समाप्त पार्ने प्रयास भएको बताएका छन ।

ट्रम्पका पूर्व रणनीतिकार स्टीव ब्यानोनले गत महिना कन्जरभेटिभ पोलिटिकल एक्शन कन्फरेन्समा ट्रम्पलाई फेरि चुनावी मैदानमा ल्याउनको लागि आह्वान गरेका थिए ।

उनले भनेका थिए सन २०२८ को चुनावमा पनि ट्रम्पलाई अगाडी सार्ने हाम्रो चाहना रहेको छ ।

विस्कन्सिनका ३० वर्षीया पूर्व पेरालिगल केयला थम्पसनले अमेरिकालाई ट्रम्पको आवश्यकता रहेको भन्दै अहिले अमेरिका सही दिशामा अघि बढिरहेको दावी गरेका थिए ।

बोस्टनको नर्थइस्टर्न विश्वविद्यालयका संवैधानिक कानूनका प्रोफेसर जेरेमी पौलले ट्रम्पको तेस्रो कार्यकालको लागि कुनै पनि कानूनी तर्क विश्वसनीय नरहेको बताएका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com