आयात कर छुटका लागि बेलायतले अमेरिकालाई फकाउदै


प्रकाशित मिति : चैत्र १७, २०८१ आईतबार

बेलायत र अमेरिकाबीचको संभावित आर्थिक सम्झौता सकारात्मकता तर्फ उन्मुख भएको अधिकारीहरुले बताएका छन ।

उनीहरुले दुबै पक्षकाबीचमा उत्पादक वार्ता जारी राख्ने सहमति भएको बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिंग स्ट्रीटले बताएको छ ।

अमेरिकाले लगाउने भनिएको शुल्कहरु लागू हुने दिन नजिकिएको बेला बेलायतका प्रधानमन्त्री कीर स्टार्मर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहमतिका लागि वार्ता गरेका थिए ।

आइतबार राति गरिएको फोन वार्तामा दुवै नेताहरु खुशी देखिएका छन । बेलायत सरकारले आवश्यक परेमा अमेरिकी व्यापार करको प्रतिकार गर्ने तयारी समेत गरेको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेलायती वार्ताकारहरू ट्रम्पको २५ प्रतिशत कार आयात शुल्क लागू हुनु अगाडि विशेष छुट प्राप्त गर्न प्रयासरत छन् । आयात कर बुधबारबाट लागू हुने अपेक्षा गरिएको छ ।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालको केही महिनामा अन्य देशका सामानमाथि शुल्कहरु लगाइ रहेका छन । उनले थप करहरूको धम्की पनि दिएका छन् ।

प्रधानमन्त्रीले कीरले अमेरिकासँग व्यापार युद्धमा संलग्न हुन नचाहेको बताउदै आएका छन । तर कीरले बेलायतले छुट प्राप्त गर्न सम्झौता गर्न सकिएन भने अमेरिका माथि प्रत्युत्तर शुल्क लगाउने अधिकार भने बेलायतसँग रहेको बताएका छन ।

बेलायत र अमेरिकाबीचको व्यापार सम्बन्ध अन्य साझेदारहरूको तुलनामा तुलनात्मक रूपमा समान छ । स्वतन्त्र बजेट जिम्मेवारी कार्यालयले प्रत्युत्तर व्यापार युद्धले आर्थिक वृद्धिमा अर्बौंको क्षति पुर्याउने बताएको छ ।

यदि करहरु लागू भएमा बेलायतले कसरी प्रतिकार गर्ने भन्ने स्पष्ट छैन । बेलायतको कार निर्यात वार्षिक मूल्य लगभग ७.६ अर्ब पाउन्ड छ । अमेरिकी बजार बेलायतको कारका लागि दोस्रो ठूलो बजार हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com