शान्ति वार्ताप्रति पुटिनको व्यवहार देखेर निराश बनिरहेको ट्रम्पको भनाई


प्रकाशित मिति : चैत्र १७, २०८१ आईतबार

US President Donald Trump speaks during an address to a joint session of Congress at the US Capitol in Washington, DC, on March 4, 2025. (Photo by Win McNamee / POOL / AFP)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षीको व्यवहार शान्ति वार्ताका लागि सहयोगी नभएको बताएका छन । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको व्यवहारले आफुलाई क्रोधित र निराश बनाएको बताए ।

युक्रनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विश्वसनीयतामाथि प्रश्न उठाएर पुटिनले शान्ति नचाहेको हो कि भन्ने संकेत गरेको ट्रम्पले आशंका गरे ।

रुस युक्रेन युद्ध रोक्नका लागि पहल गरिरहेका ट्रम्पको पुटिनसँगको आक्रोषले शान्ति वार्ता प्रति नै अन्यौलता देखाएको छ ।

उनले रुस शान्ति वार्ता प्रति उदासिन देखियो भने रुसबाट तेल किन्ने सबै देशका बिरुद्ध ५० प्रतिशत कर लगाउने चेतावनी दिए । रुसलाई शान्ति सम्झौताबाट भाग्न कुनै छुट नरहेको ट्रम्पले स्पष्ट रुपमा भनेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युक्रेनसँग सम्झौता र रुससँग अधिकतम समझदारीको नीति लिएका ट्रम्प अन्तत रुसका विरुद्ध पनि आर्थिक प्रतिबन्धको धम्की दिने अवस्था कसरी पुगे भनेर विश्लेषकहरुले चासो व्यक्त गरेका छन ।

रूसले युद्ध रोक्ने सम्झौतामा सहमति जनाएन भने रूसको तेल र अन्य उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने र यो कर एक महिना भित्र लागु हुने ट्रम्पले पुटिनलाई भनिसकेका छन ।

रुसको तेल किन्ने देशहरू चीन र भारतलाई पनि करको दायरामा ल्याउने उनले चेतावनी दिएका छन ।

जेलेन्स्कीले रुस अझै पनि युद्धलाई लम्ब्याउनको लागि बहाना खोजिरहेको आरोप लगाइरहेका छन । ट्रम्पले आगामी हप्ता पुटिनसँग कुराकानी गर्ने बताएका छन् ।

रूसले फेब्रुवरी २०२२ मा युक्रेनमा पूर्ण स्तरीय आक्रमण थालेको थियो । अहिले युक्रेनको २० प्रतिशत क्षेत्र रुसले नियन्त्रणमा राखेको छ ।

युद्धको चौथो वर्ष सम्ममा आइपुग्दा १ लाख भन्दा बढी रूसी सैनिक मारिएका छन् । ४३ हजार भन्दा बढी युक्रेनी सैनिकहरूको मृत्यु भएको अनुमान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com