रुसलाई शान्ति वार्तामा प्रतिबद्ध बनाउन थप र कडा प्रतिबन्ध आवश्यक रहेको बेलायतको भनाई


प्रकाशित मिति : चैत्र १४, २०८१ बिहीबार

रुस बिरुद्धका प्रतिबन्धहरु थप कडा बनाउन बेलायले माग गरेको छ । रुसलाई युक्रेनसँगको युद्धबाट बाहिर ल्याउन रुस बिरुद्धका प्रतिबन्धहरु थप कडा बनाउनु आवश्यक रहेको बेलायतले जोड दिएको हो ।

शान्तिका लागि रुसलाई बाध्य बनाउन प्रतिबन्ध नै बिकल्प रहेको बेलायती प्रधानमन्त्री कीर स्टार्मरले बताएका हुन ।

रुस र युक्रेनकाबीचमा भएको सामुद्रीक युद्धविरामलाई लागू गर्न रुसले आफु बिरुद्धका प्रतिबन्धहरु हटाउनु पर्ने शर्त राखेको बेला बेलायतको पछिल्लो प्रतिकृया आएको हो ।

प्रधानमन्त्री भ्लादिमिर पुटिनलाई खेल खेल्ने र समय जित्ने काममा तल्लिन रहेका स्टार्मरले आरोप लगाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो समय प्रतिबन्धहरूलाई हटाउन वा कमजोर बनाउन उचित नरहेको उनको भनाई छ । उनीहरु बिरुद्धका प्रतिबन्धहरूलाई बढाउने भएको स्टार्मरले पेरिसमा युरोपेली नेताहरूसँगको बैठकमा भनेका हुन ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन यदि रुसले आक्रमण गरेमा युरोपेली एकताको प्रतिरोध प्रतिक्रिया हुन सक्ने बताए । स्टार्मरले युक्रेनका शान्ति वार्ताहरूको लागि फ्रेमवर्क र समयसीमा आवश्यक रहेको बताए ।

शिखर सम्मेलनमा सहभागी ३० राष्ट्रहरू शान्ति प्रक्रियालाई समर्थन गर्नका लागि युक्रेनलाई समर्थन गर्न र रूसमाथि दबाब थप बढाउन अघि बढ्नुपर्ने कुरामा सहमत भएका छन ।

स्टार्मरले युक्रेनमा न्यायपूर्ण र स्थायी शान्ति खोज्ने राजनीतिक मूड पहिलेभन्दा बलियो र व्यापक भएको बताए । उनले युरोप पुरै यस हदसम्म यसअघि बलियो र एकजुट नभएको बताएका थिए ।

प्रधानमन्त्री स्टार्मरले बेलायत, फ्रान्स र जर्मनीका रक्षा प्रमुखहरूले युक्रेनमा भेट गर्ने बताएका छन्, तर त्यसको मिति भने उल्लेख गरेका छैनन ।

अमेरिकाले रुस र युक्रेनलाई शान्ति वार्तामा ल्याउन र युद्धविराम गराउनका लागि पहल जारी राखेको छ । युक्रेन ३० दिने युद्धविरामको लागि तयार भएको छ ।

अमेरिका कै पहलमा ब्ल्याक सी मा समुद्री य्ुद्धविरामका लागि दुबै देश सहमत भएका छन । यद्यपी उक्त सहमति लागू हुन भने बाँकी रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com