पटाका कारखानामा विस्फोट सातको मृत्यु


प्रकाशित मिति : आश्विन ७, २०७४ शनिबार

नान्चाङ्ग (चीन), ७ असोज (रासस÷सिन्ह्वा): पूर्वी चीनको झिआङ्सी प्रान्तको साङ्गली उपनगरमा रहेको एक पटाका कारखानामा शुक्रबार साँझ विस्फोट हुँदा सात व्यक्तिको मृत्यु भएको छ ।
सो जिल्लाका सुरक्षा प्रशासन अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार कारखानालाई उत्पादन स्थगीत गर्न कडा निर्देशन दिइएको छ ।
कारखानाको उत्पादन प्रक्रियामा अनगिन्ति त्रुटीहरु भेटिएकाले सुरक्षाको दृष्टिले उत्पादन स्थगीत गर्न हिजै आदेश दिइएता पनि कारखानाले शुक्रबार अबेरसम्म आफ्नो उत्पादन प्रक्रिया रोकेको थिएन ।
कारखानामा के कसरी बिस्फोटको घटना भयो यस बारे अनुसन्धान भई रहेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com