बुद्ध लामा बने ‘नेपाल आइडल’


प्रकाशित मिति : आश्विन ७, २०७४ शनिबार

आश्विन ७, २०७४-पोखराका बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । कतारको दोहास्थित ग्राण्ड मलमा शुक्रबार राति भएको फाइनल प्रतिस्पर्धामा दर्शकको भोटिङको आधारमा लामा नेपाल आइडल घोषित भएका हुन् । प्रतियोगितामा इटहरीका निशान भट्टराई फस्ट रनरअप र काठमाडौंका प्रताप दास सेकेण्ड रनरअप घोषित भए ।

प्रतिस्पर्धीले  पाएको कूल ९ करोड ३१ लख ३ हजार ३ य ३५ भोटमध्ये लामाले ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट पाएको आयोजकले जनाएको छ । लामालाई महजोडीले पुरस्कार हस्तान्तरण गरेका थिए ।

नेपाल आइडल घोषित लामाले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार पाएका छन् । साथै, उनले १५ लाख बराबरको एल्बम सम्झौता पनि पाउँनेछन् ।

फस्ट रनरअप घोषित भट्टराईले ३ करोड ५० लाख ८६ हजार २ सय २३ मत पाएको आयोजकले जनाएको छ । साथै, सेकेन्ड रनरअप घोषित प्रताप दासले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाएका छन् । भट्टराई र दासले क्रमश: १५ लाख रुपैयाँ र १० लाख रुपैयाँ पुरस्कारबापत पाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com