अमेरिकाले २०० भन्दा बढी भेनेजुएलाका नागरिकलाई एल साल्भाडोरको कारागारमा पठायो


प्रकाशित मिति : चैत्र ३, २०८१ आईतबार

President Donald Trump speaks in the Roosevelt Room of the White House in Washington, Monday, March 3, 2025. (Pool via AP)

अमेरिकाले भेनेजुएलाका २०० भन्दा बढी व्यक्तिहरूलाई देश निकाला गरेको छ । उनीहरुलाई गिरोहका सदस्यको आरोप लगाइएको छ । पक्राउ गरिएपछि उनीहरूलाई एल साल्भाडोरको सुपरम्याक्स कारागारमा बन्दी बनाइएको छ ।

अमेरिकी न्यायाधीशले निर्वासनहरूमा रोक लगाएका भएपनि सरकारले भने २०० भन्दा बढी भेनेजुएलाका नागरिकलाई निर्वासित गरेको हो ।

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेले २३८ जना भेनेजुएला को गिरोह ट्रेन डे अरागुआका सदस्य र अन्तर्राष्ट्रिय एम १३ गिरोहका २३ जना अल सल्भाडोर आएका जानकारी दिएका छन ।

अमेरिकी सरकार र एल साल्भाडोरले गिरफ्तार गरिएका व्यक्तिहरूको पहिचान भने गरेका छैनन । तिनीहरूको आरोप , अपराध वा गिरोह सदस्यता बारे कुनै विवरण उपलब्ध गराइएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संघीय न्यायाधीशको आदेशले ट्रम्प प्रशासनलाई केही निर्वासनलाई सही ठहराउन १७९८ को युद्धकालीन कानूनको प्रयोग गर्न रोक लगाएको थियो । तर निर्वासित गरिएका मानिसहरु राखिएका उडानहरू पहिले नै एल साल्भाडोर पुगेका थिए ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारीलिन लेभिटले न्यायालयको आदेश उल्लंघन नगरेको बताइन् । ट्रेन डे अरागुआ आतंकवादीहरूलाई अमेरिकी भूमिबाट हटाएपछि यो आदेश आएको उनले बताइन ।

न्याय मन्त्रालयले न्यायाधीशको निर्णयविरुद्ध अपील गरेको छ। अमेरिकी नागरिक स्वतन्त्रता संघले अदालतको आदेश उल्लंघन भएको हुनसक्ने बताएको छ । यो संघले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको थियो ।

भेनेजुएलाले ट्रम्पको Alien Enemies Act प्रयोगको आलोचना गरेको छ । अधिकार समूहहरूले ट्रम्पको निन्दा गर्दै २२७ वर्ष पुरानो कानूनलाई प्रयोग गरेर आफ्नो लक्ष्य पूरा गर्न खोजेको आरोप लगाए।

राष्ट्रपति बुकेले उनीहरूलाई एक वर्षको अवधिका लागि थुनेर राखिने बताए । उनले यो नवीकरण पनि हुनसक्ने बताए । एल साल्भाडोर को जेल बुकेले अपराध नियन्त्रण गर्ने अभियानको हिस्सा हो ।

यो नयाँ बनाइएको उच्च सुरक्षा सुविधा सहितको छ । यसमा ४० हजार जना सम्म राख्न सकिन्छ । मानव अधिकार समूहहरूले त्यहाँ कैदीलाई दुर्व्यवहार हुने गरेको आरोप लगाउदै आएका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com