टेक्सास राज्य संसदबाट नेपालको लुम्बिनीबारे प्रस्ताव पारित, बुद्धको जन्मस्थल भएकोमा जोड


प्रकाशित मिति : फाल्गुन २९, २०८१ बिहीबार

टेक्सास राज्य संसदको प्रतिनिधि सभाबाट मार्च १३ लाई “नेपाली लुम्बिनी एड्भोकेसी डे” को मान्यता दिने हाउस रिजोल्युसन ५३० पारित भएको छ। यो प्रस्ताव राज्य सांसद सुलेमान लालानी ले पेश गरेका थिए। प्रस्तावले मार्च १३, २०२५ लाई नेपाली लुम्बिनी एड्भोकेसी डे को रूपमा औपचारिक मान्यता दिएको छ।

प्रस्तावमा उल्लेख गरिएको छ कि नेपाली लुम्बिनी एड्भोकेसी डे मार्च १३, २०२५ मा राज्य क्यापिटल मा आयोजना हुनेछ, जसले टेक्सास राज्यमा रहेका नेपाली अमेरिकी समुदायको महत्वपूर्ण योगदानलाई सम्मान गर्ने तथा नेपालस्थित लुम्बिनी प्रदेशको समृद्ध इतिहासलाई उत्सवको रूपमा मनाउने अवसर प्रदान गर्नेछ।

अमेरिका र नेपालबीच ७७ वर्षदेखि मजबुत र उत्पादनशील मित्रता रहँदै आएको र अप्रिल २५, १९४७ मा अमेरिका नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने दोस्रो देश बनेको कुरालाई स्मरण गर्दै प्रस्तावमा नेपालले १९५८ मा वाशिङ्टन, डी.सी.मा दूतावास खोलेको र त्यसको भोलिपल्ट अमेरिकाले काठमाडौंमा आफ्नो दूतावास सञ्चालनमा ल्याएको उल्लेख गरिएको छ। प्रस्तावमा भनिएको छ कि त्यसयता धेरै अमेरिकी र नेपालीहरूले शैक्षिक तथा सांस्कृतिक आदानप्रदानमार्फत आपसी सम्बन्ध विस्तार गरेका छन्।

पारित प्रस्तावको पूर्ण पाठ

प्रस्तावमा लुम्बिनीलाई बौद्ध धर्मका लागि एक अत्यन्त पवित्र स्थल भएको भन्दै सिद्धार्थ गौतमको जन्मस्थलको रूपमा मान्यता प्राप्त रहेकोमा विशेष जोड दिइएको छ। यस क्षेत्रलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख आध्यात्मिक गन्तव्य रहेको उल्लेख गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लुम्बिनीले प्रत्येक वर्ष लाखौँ तीर्थयात्री तथा पर्यटकहरूलाई आकर्षित गर्ने तथा विद्वानहरू तथा पुरातत्वविद्हरूका लागि अनुसन्धान केन्द्रको रूपमा कार्य गर्ने कुरालाई पनि प्रस्तावमा उजागर गरिएको छ। लुम्बिनी क्षेत्रका प्रमुख आकर्षणहरूमा गुम्बा, मठ, ऐतिहासिक स्थलहरू तथा बुद्ध जन्मिएको स्थान चिन्हित गर्ने मायादेवी मन्दिर रहेका छन्।

त्यस्तै, प्रस्तावमा नेपाली अमेरिकी समुदायले टेक्सास राज्यको व्यापार, पेशागत तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको र यस अभियान दिवसका सहभागीहरूले आउँदा वर्षहरूमा अझ सकारात्मक प्रभाव पार्ने प्रतिबद्धता प्रदर्शन गरिरहेका कारण टेक्सासको ८९औं संसदको प्रतिनिधि सभाले मार्च १३, २०२५ लाई “नेपाली लुम्बिनी एड्भोकेसी डे” को रूपमा औपचारिक मान्यता दिएको र भ्रमण गर्ने प्रतिनिधिमण्डललाई हार्दिक स्वागत गर्ने उल्लेख गरिएको छ।

मार्च १३ मा संसदले यो प्रस्तावलाई छिटो अगाडि बढाउनका लागि आफ्ना नियमहरू निलम्बन गरेको थियो। टेक्सास संसदमा गैरविवादास्पद वा समयसंवेदनशील मामिलाहरू छिटो पारित गर्नका लागि नियमहरू निलम्बन गर्ने प्रक्रिया अपनाइन्छ। प्रस्ताव छिटो पारित गर्नका लागि यो एक सामान्य प्रक्रियागत कदम हो।

संसदमा यो प्रस्ताव ल्याउने पाकिस्तानी मूलका सुलेमान ललानी एक अमेरिकी राजनीतिज्ञ र चिकित्सक हुन्, जो टेक्सास प्रतिनिधि सभाको डिस्ट्रिक्ट ७६ का प्रतिनिधि हुन्। डेमोक्रेटिक पार्टीका सदस्य ललानी टेक्सास संसदमा निर्वाचित हुने पहिलो मुस्लिम तथा दक्षिण एशियाली सांसदहरूमध्ये एक हुन्। पाकिस्तानमा जन्मिएका ललानीले करिब दुई दशकसम्म चिकित्सा अभ्यास गरेका छन्, विशेष गरी जेरियाट्रिक्समा विशेषज्ञता हासिल गरेका छन्। उनले प्रतिनिधि सलमान भोजानीसँगै टेक्सास प्रतिनिधि सभामा सेवा गर्ने पहिलो मुस्लिम तथा दक्षिण एशियाली सांसदको इतिहास बनाएका हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com