मानव तस्करीको जालोमा परेका २० नेपालीको थाइल्याण्डबाट उद्धार, आज नेपाल फिर्ता


प्रकाशित मिति : फाल्गुन २३, २०८१ शुक्रबार

आज थाइल्याण्डको बैंककबाट २० जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीका अनुसार २० जनाको टोली गत २४ जनवरीमा त्यहाँ पुगेको थियो। काठमाडौं अध्यागमनले एयरपोर्टबाट फर्काएपछि दिल्ली हुँदै थाइल्याण्ड गएको  खुलेको उनले बताए।

उनीहरूका अनुसार एजेन्टले पलाउ भन्ने देशमा अंग्रेजी हस्पिटालिटीको तालिम गराउने र राम्रो तलबमा काम लगाइदिने भन्दै त्यहाँसम्म पुर्‍याएको खुलेको छ। ७ लाख रुपैयाँ खर्च भएको र अहिले उनीहरूसँग पासपोर्टसमेत नभएको अवस्थामा उनीहरू दूतावाससम्म आइपुगेका हुन्।

एजेन्टले कुनै सम्झौता नगरेको र अझै पनि काम लगाइदिन सकिने आश्वासन दिँदै आएको उनीहरूले बताए। कतै-कतै फोटो पनि खिचाएका थिए, तर अहिलेसम्म केही नपाएको र पैसा मात्र खर्च भएको जानकारी उनीहरूले दूतावासलाई दिएका छन्।

राजदूत ओलीले दूतावासबाट ट्राभल डकुमेन्ट बनाएर उनीहरूलाई नेपाल फर्काइएको बताए। ओलीका अनुसार मानव तस्करीको जालोमा परेर त्यहाँ पुगेका भए पनि फर्किएकाहरू सबै पढेलेखेका छन्। तर, कसको माध्यमबाट गएको भन्ने कुरा भने उनीहरूले जानकारी दिन मानेनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आज फर्काइएकाहरूमध्ये धेरैजसो लुम्बिनी प्रदेशका छन् भने केही कर्णाली प्रदेशका छन्। पछिल्लो समय थाइल्याण्ड र आसपासका देशहरूमा मानव तस्करी बढिरहेको जानकारी पनि राजदूत ओलीले दिए। सन् २०२५ सुरु भएयता करिब ३५ जनाको उद्धार गरेर फर्काइएको उनले बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com