युक्रेनसँग शान्ति वार्ताको सम्भावनाबारे क्रेमलिन सकारात्मक


प्रकाशित मिति : फाल्गुन २१, २०८१ बुधबार

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग तीन वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि वार्ताका लागि तयार रहेको घोषणा गर्नुलाई रूसी प्रशासनिक केन्द्र (क्रेमलिन) ले ‘सकारात्मक’ रुपमा लिएका छ ।

युक्रेन र प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाबीच अकल्पनीय विवादबीच युक्रेनी नेता जेलेन्स्कीले मङ्गलबार आफू ‘स्थायी शान्तिलाई नजिक ल्याउन जतिसक्दो चाँडो वार्ताको टेबलमा आउन तयार रहेको’ बताएका थिए ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले एएफपीको एक प्रश्नको जवाफमा भने, “यो दृष्टिकोण सामान्यतया सकारात्मक छ ।”

अमेरिकी कङ्ग्रेसलाई सम्बोधन गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीबाट प्राप्त पत्रलाई ठूलो स्वरमा पढेर सुनाएका थिए । जसमा युक्रेनी नेताले आफू शान्ति वार्ताका लागि तयार रहेको बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्रेमलिनले जेलेन्स्कीसँग वार्ता गर्ने कि नगर्ने भन्नेमा पटक–पटक शङ्का व्यक्त गर्दै आएको छ ।

बुधबार पेस्कोभले जेलेन्स्कीले जारी गरेको आदेशको हवाला दिँदै पुटिनसँग प्रत्यक्ष वार्ता गर्न नमिल्ने बताएका थिए ।

युक्रेनी नेताले धेरै पटक पुटिनलाई भेट्न आफू इच्छुक रहेको बताउँदै आएका छन् । यद्यपि, किएभ र उसका पश्चिमी सहयोगीहरूले वार्ताको साझा अडानमा सहमति जनाएपछि मात्र यो सम्भव हुने बताउनुभएको छ ।

मस्कोले सन् २०१९ मा राष्ट्रपतिमा निर्वाचित भएपछि जेलेन्स्कीको पाँच वर्षे कार्यकाल समाप्त भएको भन्दै वार्ताका लागि वैध नेता नभएको आरोप लगाएको छ ।

युक्रेनको सैनिक कानुनअनुसार युद्धकालमा चुनावमाथि प्रतिबन्ध लगाइएको छ ।

जेलेन्स्कीका प्रमुख युरोपेली समर्थकहरूले रुसको पूर्ण आक्रमणका बीच मतदान स्थगनको समर्थन गरेका छन् । यद्यपि, ट्रम्पले युक्रेनी नेता स्वदेशमा व्यापक रूपमा अलोकप्रिय भएको झूटो दाबी गरेका छन् भने उनलाई चुनाव गराउन आह्वान गरेका छन् ।

गत शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय (ओभल अफिस) मा जेलेन्स्कीसँग भएको चर्काचर्कीपछि ट्रम्पले किएभलाई अमेरिकी सैन्य सहायता रोक्ने घोषणा गरेका थिए ।

ट्रम्पले युक्रेनलाई मस्कोको पक्षमा रहेको शान्ति सम्झौता स्वीकार गर्न बाध्य पार्न खोजेको हो कि भन्दै किएभ र युरोपभरि नै आशङ्का व्यक्त गरिएको छ ।

यसैबीच, रुसी सेनाले युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रको अर्को एउटा सानो गाउँ कब्जामा लिएको मस्कोस्थित रक्षा मन्त्रालयले जनाएको छ ।

अमेरिकास्थित इन्स्टिच्युट फर द स्टडी अफ वार (आइएसडब्लु) को तथ्याङ्कअनुसार रुसले धेरै जमिन कब्जा गरे पनि फेब्रुअरीमा रुसको प्रगतिको गति सुस्त भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com